Friday, January 31, 2025

बिधुत उपभोक्ता मर्कामा

पछिल्लाे समाचार


रौतहट १९ चैत ।नेपाल विद्युत प्राधिकरणको कर्मचारीको चरम लापरवाहीका कारण रौतहटका विद्युत उपभोक्ताहरु मार्कामा परेका छन् ।
जिल्लाको कटहरिया,मौलापुर,फतुवा बिजयपुर,देवाही गोनाही सहित अन्य क्षेत्रमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दाहरु हैरानमा छन् ।
दिनमा दर्जनौपटक छिन छिनमै १० मिनेटदेखी आधीघण्टा, एकघण्टासम्म विद्युत अवरुद्ध हुने गरेको कारण स्थानीय परेशान छन् ।
हरेक दिन १५ पटकभन्दा बढी विद्युत काटिने र आउने समस्याले यहाँका उद्योगी, व्यवसायी मात्र नभई आम सर्वसाधारण समेत पिडित बनेका छन ।
यस विषयमा नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रमा केहिदिन अघि मात्र आएका नयाँ कार्यालय प्रमुख दिनेश यादवले आफू अहिले सम्म हाजिर नभएको र बत्ति जाने कारण कर्मचारीहरु सँग बुझ्ने जवाफ दिए ।
केन्द्रका सहायक इन्जिनीयर महेन्द्र चौधरीमाथि कुटपिट भएको विरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका थिए । नयाँ कार्यालय प्रमुखको रुपमा आएका यादवले भोली देखि सेवा सुचारु हुने बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु