Wednesday, January 22, 2025

फतुवा बिजयपुरमा दिवाखाजाले बिधालय बालबालिका खुशी

पछिल्लाे समाचार


रौतहट ७ बैसाख । सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।
विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सख्या बढेको , विद्यार्थी नियमित विद्यालय उपस्थित हुने गरेका छन्।
फतुवाबिजयपुर नगर पालिका-८, बिजयपुर पिपल बोट स्थित श्री सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा दिवा खाजा कार्यक्रम संयोजक सुबोध यादवले खाजा कार्यक्रमपछि विद्यार्थीको पढाइमा सुधार भएको, बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको बताए ।
बिधालयमा विद्यार्थीलाई चना, अन्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउने गरिएको छ।
सरकारले लागू गरेको दिना खाजा कार्यक्रमले विद्यार्थी बढेको प्रधानाध्यापक यादवले बताए ।
सरकारले बालविकासदेखि पाँच कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गर को छ ।
विद्यार्थीले विद्यालयमा नै खाजा खाने सुविधा पाएपछि बजारमा पाइने चटपटे, चाउचाउ, कुरमुरे, लगाएतका जङ्कफुड खान रोकिएको श्री सरस्वती प्राथमिक बिधालयका प्रधानाध्यापक यादवले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु