गौर,१४ बैसाख । घर निर्माण गर्दा कमसल सामाग्री प्रयोग भएको ,गुणास्तरहिन काम भएको देवाहि गोनाहिका दलित समुदायले गुनासो गरेका छन ।
रौतहटको देवाही गोनाही नगरपालिकाको कर्कच कर्मैया टोलमा रहेको दलित वस्ती, यहाँका दलितहरुको लागी जनता आवास योजना लागु गरिएको थियो ।
हुरी बतासले छाना उडाउने र घरमै च्यापिने डरले दलितहरुलाई चिन्तीत बनाएको छ । यो बस्तीमा निर्माण भएका घरहरुमा प्रयोग गरिएको कमसल सामग्रीका कारण निर्माण भएको घरहरुको अवस्था डरलाग्दो छ ।
कमसल सामाग्रीबाट घरहरु निर्माण गरिएको कर्कच कर्मैया दलितहरुको गुनासो छ ।
मधेश प्रदेश सरकारको लगानी बालुवामा पानी ,जनता आवास कार्यक्रम भएको गुनासो छ । कर्कच कर्मैयामा निर्माण गराई रहेको ४७ वटा जनता अवास घरमा कमसल र दुई नम्बर ईटा बाट घर निर्माण गराई रहेको पिडित हरुले दुखेसो पोखेका छन् ।
कर्कच कर्मैयाका सरगुन हजराले भने जग मजबुती हुदैन भने माथी के मजबुती हुन्छ । ठेकदारले बल जबरजस्ती कमसल र दुई नम्बर ईटा धमाधम प्रयोग गराईरहेको गुनासो उनको छ ।
प्रदेश सरकारले जनता आवास कार्यक्रममा प्रति घर ३ लाख ३६ हजार रकम पठाएमा मधेश प्रदेश सरकारका कर्मचारी र केही नेताका ठेकदारहरु कमिशन खानको लागि कमसल समाग्री र दुई नम्बर ईटा प्रयोग गरिरहेकोले घर कमजोर बनेको सेवाग्रहीहरु बताउछन ।