रौतहट २८,चैत्र । गरुडा नगरपालिकाले ५ हजार लिटर पानी अट्ने क्षमता भएको मिनि दमकल खरिद गर्ने भएको छ ।
सुख्खायाम लागे संगै आगलागीको घटनालाई ध्यानमा राख्दै कम लागतको दमकल खरिद गर्न लागिएको हो ।
मंगलवार समाजिक संजाल फेसबुक मार्फत गरुडा नगरपालिकाका नगरमा देखिएको सम्भावित आगलागीको जोखिमलाई मध्यनजर गर्दै मेयर कन्थमणी जयसवालले तत्कालको लागी ५ हजार लिटर क्षमताको दमकल खरिद गर्ने बताएका छन ।
मेयर जयसवालले “रौतहटमा गर्मी बढे संगै देखिएको आगलागीको घटनाका कारण भईरहेको मानविय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै गरुडा नगरपालिकाले १५ दिन भित्रमा ५ हजार लिटर क्षमता भएको दमकल ल्याउन पहल थालेका छ ।
नगरपालिकाले ठुलो क्षमता भएको दमकल (बारुण यन्त्र) आर्थिक बर्ष २०८०/०८१ को बजेटमा समावेश गरि खरिद गरिने मेयर जयसवालको भनाइ छ ।