Saturday, January 25, 2025

सूचना माग गर्दै थालिएको रिले अनशन ३८ दिन पछि टुङ्गियो

पछिल्लाे समाचार


रौतहट १५ बैसाख । वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन बिहिवार बाट सकिएको छ।
अनशनकारीहरूकाे माग मध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए।
  वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे र अनशनरत पक्षहरूबीच पाँचबुँदे सहमति पनि भएको छ।
रिले अनशन बस्ने पक्षबाट माग भए बमोजिमका सूचना कानुनसम्मत रूपमा कार्यालयले उपलब्ध गराउने, रिले अनशनमा नगरपालिकाका वडाध्यक्षहरू समेत सहभागी भएकाले उनीहरूबाट कार्यालयसँग समन्वय गरी सूचना प्राप्त गर्ने, सुशासन कायम गर्न कार्यालयका तर्फबाट यथासक्य समयमा सार्वजनिक सुनुवाइ आयोजना गर्ने, कार्यालयका तर्फबाट माग बमोजिम आर्थिक वर्ष २०७८।०७९ को जेठ १ गते देखि हालसम्मको सञ्चित कोष,चालू र पुँजीगत तर्फको बैंक स्टेटमेन्ट उपलब्ध गराउने, नगरवासी–राजनीतिक दल तथा जनप्रतिनिधिबीच सहकार्य तथा समन्वय कायम राख्ने सहमति भएको छ।


३८ दिनदेखिको रिले अनशनका कारण पालिकाका सम्पूर्ण कामकाज ठप्प भएकाे थियो ।
चैत्र ७ गते देखि वृन्दावन नगरपालिका वडा नम्बर २,३,४ र ५ का गरि ४ जना वडा अध्यक्ष र नगर प्रमुख पदका तीन जना उम्मेदवार हरु रिले अनसन मा बसेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु