Wednesday, January 22, 2025

सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह

पछिल्लाे समाचार



रौतहट ११ बैसाख । जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक विदाका दिन पनि सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।
बीस २०८० सालको सार्वजनिक विदाको दिन सेवा प्रवाह गरिने प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए ।
जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता र प्रतिलिपि नागरिक सम्बन्धी सेवा, राहदानी सम्बन्धी सेवा तथा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण सम्बन्धी सेवा सार्वजनिक विदाको दिन पनि प्रवाह गरीने  प्रजिअ मिश्रले बताए।
बैशाख २२ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन असोज २८ गते घटस्थापना, पुस ९ गते किसमस ,पुस १० गते उभौली पर्व, पुस १५ गते तमु लोसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघे सक्रान्ति, माघ २७ गते सोनम ल्होसार फागुन १ गते जनयुद्ध दिवस फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस ,फागुन २५ गते महाशिवरात्री तथा अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २८ गते ग्याल्वो व्होसार र इद उल फित्र इद उल अजहा जस्ता सार्वजनिक विदाहरुमा सार्वजनिक सेवा प्रवाह भइरहने जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।
नेपाल सरकारले लिएको नीति अनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिन पनि कार्यालय संचालन गर्ने भएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु