Friday, January 24, 2025

सबै पालिकामा वारुणयन्त्र राख्न दैवी प्रकोप उद्धार समितिले पहल गर्ने

पछिल्लाे समाचार


राैतहट २५ चैत ।जिल्ला दैवि प्रकोप उदार समित राैतहटले सवै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको वैठक ले सबै स्थानीय तहमा वारुणयन्त्र खरिदका लागि पहल गर्ने महत्त्वपूर्ण निर्णय गरेका छन ।
राैतहटमा केही दिन यता आगलगीको घटना बढदै गएकोमा सजगता बढाउने , वारुण यन्त्र खरिदका लागि सबै पालिकालाई अनुराेध गर्ने , एउटा पालिकाले खरिद तथा सञ्चालन गर्न सक्षम नभए दुईवटा पालिकाले मिलाएर बारुण यन्त्र खरिदका लागि पहल गर्ने, बारुण यन्त्र खरिद नहुन्जेल सम्म टयांकरमा पानी बोकी तयारी अवस्थामा राख्न सबै पालिकालाई अनुराेध गर्ने निर्णय भएको हाे ।
सो बैठकमा गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहले अहिले आगलगी हुदां सबै मोबाइलमा भिडियो बनाउने ,रमिता हेरेर बस्ने गरेको बताए ।
गाैर नगरपालिकाको एउटा बारुण यन्त्र जिल्ला भरी दगुर्नु परि रहेकोमा अन्य पालिकालाई पनि खरिद गर्न सुझाव दिएका छन ।
लालबकैया, बागमती नदि नियन्त्रण कार्यालयका प्रमुख मनोज पटेले अहिले सम्म बाध मर्मत लगाएतका काम शुरु नगराएकोमा राजदेबी नगरपालिकाका नगर प्रमुख भिखारी यादवले दुख व्यक्त गरे ।
राजदेबी नगरपालिकाले समयमा परिषद गरेर छुट्टयाइएको रकम डिई पटेलले समय नदिंदा कहाँ खर्च गर्ने काम गर्न समस्या भएको बताए ।
उपभोक्ता मार्फत नदि नियन्त्रणका काम दिएका कारण समयमा काम नभई ब्रहमपुरीको बाध भत्किएको ,गाैर ,राजदेवी डुब्ने खतरा बढदै गएको नगर प्रमुख यादबले आरोप लगाएका छन ।
राैतहट उधोग वाणिज्य संघ राैतहटका अध्यक्ष पण्डित प्रसाद जयसवालले २ वटा मात्र दमकलले धाैधाै परेको अवस्था , सबै नगरपालिकामा बारुणयन्त्रमा पानी भर्ने ठाउँ , बाटोघाटोको अवस्था पहिचान तुरुन्त परिचालन गरने हिसावले आवश्यक तयारीमा जुटन सम्बन्धित पक्षसंग अनुराेध गरेका छन ।
मानवले नै बनमा आगोलगाउन थालेका छन । धेरै आगलगिका घटना भएका छन ।
५० जना आगलगि पिडितको लागि तत्काल राहत सामाग्री राखेकाे नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष राजकिशाेर यादवले बताउदै शितलहरमा यस वर्ष ७ सय ८८ जनालाई कम्बल बितरण र बाढीमा ५ सय जनाका लागि राहत सहयोग गर्ने तयारीमा रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले विपतबाट चालु आबमा साउन देखि हाल सम्म ८ करोड ४६ लाखको क्षति भएको बताए।
गत आबमा एक वर्षमा ६ करोड ५७ लाख रुपैया बराबरको धनमाल क्षेती भएको उनले बताए।
राष्ट्रिय अनुसन्धान विभग प्रमुख चन्दन झाले विपद्व पछिको अवस्था कसरी समाधान गर्ने, राहत वितरणमा समस्या हुन नदिन अपनाउनु पर्ने रणनीतिक तयारीका बारे सुझाव राखेका थिए ।
प्रादेशिक अस्पताल गाैरका डा .मुरारी ठाकुरले ईमेर्जेन्सीमा डिजाष्टर मैनेजमेन्टबाट सपोर्ट मागेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु