रौतहट, १९ चैत । सट्टामा बसेर एकजना मेयरको माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेका एक युवकलाइ जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा अर्कै व्यक्ति राखेर एसइइ परिक्षा दिदै गरेको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ परेका हुन ।
नेकपा एमालेबाट देवाहीगोनाही नगरपालिकाको मेयरमा निर्वाचित भएका साहको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाइ प्रहरीले पक्राउ गरेको हो ।
“सट्टामा परीक्षा हलमा बसेर मेयरको परीक्षा दीइरहेका कमल साह “//
मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ रहेका विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको बताइएको छ । ससुरा साहको सट्टामा परिक्षा दिइरहेका ती युवक इन्जीनियर हुन ।
पक्राउ परेका नक्कली परिक्षार्थीको विषयमा अनुशन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।