राैतहट १५ बैसाख । नेपाली सेना को वीर दल गण राैतहटले जनहित कार्यमा हातेमालो गर्दै स्वास्थ्य शिविरको आयोजना गर्न लागेका छ।
चन्द्रपुर नगरपालिकाकाे विभिन्न ६ वटा वडाका सर्वसाधारण लाई लाभान्वित गराउने उदेश्यका साथ शिविर गर्न लागेकाे नेपाली सेनाका गणपति प्रमुख सेनानी गंगा बहादुर विष्टले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत आवासिय विधालय मोतिपुरमा यहि बैशाख १६ गते शनिवार स्वास्थ्य शिविर आयोजना हुने गणपति प्रमुख सेनानी बिष्टले बताए ।
शिविरमा आंखा , बाल राेग, मधुमेह ,निमोनिया, स्त्रीरोग, दम, हाड जाेर्नी सहितका बिरामीको उपचार तथा औषधी वितरण गरीने कार्यक्रम रहेकाे छ ।
नेपाली सेनाको विरदल गण आयोजक रहेको सो शिविरमा एक हजार जनतालाई उपचार गर्ने योजना नेपाली सेनाको छ ।
शिविर विहान ७ बजे सुरु भई सांझ ५ बजे सम्म संञ्चालन हुने छ।चन्द्रपुर नगरपालिका , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, जिल्ला अध्यक्ष प्रेमचन्द्र झा लगाएतको उपस्थिती रहेको थियो ।