रौतहट ११ बैसाख । चन्द्रनिगाहपुर- धन्सार सडक खण्डमा साँझपख हरिणको बथान देखिन्छन ।
वनमा डडेलो लाग्न थालेपछि उनीहरू सुरक्षित बासस्थानको खोजीमा सडक छेउछाउ आउने गर्छन ।
डिभिजन वन चन्द्रनिगाहपुर अन्तर्गत पर्ने तुरतुरे र लमाहा क्षेत्र बन्यजन्तुको बासस्थान हो ।
त्यसक्षेत्रमा डढेलो लाग्न थालेपछि हरिण, बँदेल, खरायो, निलगाई ,बाघ जस्ता वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा राजमार्ग छेउछाउ आउन थालेका छन । उनीहरू सुरक्षित ठाउँ खोज्दै चुरे क्षेत्रसम्म पुग्ने गरेको वनका कर्मचारीहरू बताउँछन ।
तुरतुरे पाटे बाघको बासस्थान हो । डढेलो र शिकारीले बन्यजन्तुलाई समस्या पारेको सहायक वन अधिकृत रामप्रसाद साहले बताए ।
बनमा बाघ, चितुवा, लगायतका वन्यजन्तु देखिन्थे । अहिले राजमार्ग छेउछाउम भेटिन्छन । वन्यजन्तुलाई चैत, वैशाखमा डडेलो र सिकारीबाट ज्यान जोगाउने सकस हुने सहायक वन अधिकृत साहले बताए ।
आगोले जगलमा साना रुखको पात र झाडी डढेर टाढा टाढासम्म वन्यजन्तुको गतिबिधि देखिन्छ जसका कारण सिकारीले गोली हानेर मार्ने क्रम बढ्दो छ ।
वन कार्यालयले वन्यजन्तु जोगाउन खासै पहल नगरेको आरोप स्थानियको छ ।