रौतहट, २६ चैत । गौरको बस पार्क स्थित रोयाल इन्दु होटेलमा यौंन ब्यवसाय संचालन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरीको सहायक हवलदार, घुमुवाको रुपमा कार्यरत व्यक्ति रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय गौर लाई प्राप्त सुचनाको आधारमा प्रहरीले आईतवार दिउसो रोयाल इन्दु होटेलमा प्रहरीले छापा मारेकाे थियो ।
प्रहरीले छापा मारेर २ जना पुरुष, दुई जना महिला सहित होटल संचालिकालाई पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखेको छ ।
दुई दिन अघि गौर नपा १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन व्यवसायमा संलग्न एक महिला र एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।