Monday, January 27, 2025

मुडवलवामा नक्कली परिक्षार्थी पक्राउ

पछिल्लाे समाचार


रौतहट, २२ चैत । एसइइ परीक्षा अन्तर्गत बुधवार राजदेवी नगरपालिकाको मुडबलवा स्थित नेमधारी वासुदेव माध्यमिक विद्यालय परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ परेका छन
जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटका अनुसार परिक्षा अनुगमन समितिले नेमधारी वासुदेव माध्यमिक विद्यालय मुडवलवाका सिम्बोल नम्वर ०२५००२५७ जि नुरेंन खानको सट्टामा  इशनाथ नगरपालिका वडा नम्वर १ बन्जाराहका विष्णुबहादुर मालीले परिक्षा दिईरहेको अवस्थामा पक्राउ परेको हो ।
उक्त सिम्बोल नम्वर भएको परिक्षार्थीको  परिक्षा रद्द गरी पक्राउ परेका मालीलाई प्रहरी कार्यालयमा पठाएर आवश्यक कारवाही अघि बढाउने कार्य प्रहरीले गरिरहेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनोद सिंह ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु