रौतहट १३ बैसाख । सिमल लगाएत ठूला र अग्ला रुख मासिन थालेपछि वनमौरी (‘घारे’ वा ‘खाँगमौरी) कम देखिन थालेको छ ।
वनजङ्गल फडानी , डडेलो, अग्ला रुख मासिनु,अग्ला रुख कटान , चोरी निकासी हुदा वास स्थान नै नभएर वनमौरी कम देखिन थालेको स्थानिय जानकारहरु बताउछन ।
वनमौरीले घार बनाउन रुचाउने वनका ठूला र अग्ला रुख मासिएपछि ती प्रजातिको मौरी सहर बजारको अग्ला पानी ट्याङ्कीमा वा अग्ला घरको ‘टप’ मा घार लगाएको पाइन्छ ।
विगतमा साल तथा सिमलको रुखमा पाँच देखि दस वटा सम्म घार लगाएर बसेको देखिने वनमौरी अहिले कतैकतै मात्र देखिन्छ ।
डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत रामप्रसाद साह भन्छन, “वनमौरी शान्त स्वभावको हुन्छ र सुनसान स्थानमा वस्न रुचाउँछ । नविच्काएसम्म मौरीले कसैलाई आक्रमण गर्दैन । वनमौरी मासिनुको मूल कारण वन विनाश र बनमा मानिसको चहलपहल भई मौरीको वास हराउनु नै हो ।
मह काड्नेले धुवाँ र चक्कुको प्रयोग गरी मह निकाल्दा ठूलो सङ्ख्यामा मौरी मर्ने हुँदा पनि यसको सङ्ख्या कम भएको बताइन्छ ।
अत्यधिक चिसो ,अत्यधिक तातो र हावाहुरीको प्रभावको कारण पनि वनमौरी सङ्कटमा परेको स्थानिय बताउछन ।
चन्द्रपुर नगरपालिकाका कृषि अधिकृत उमेश चौधरी ले कुनै पनि जातको मौरी मासिनु वातावरणीय दृष्टिकोणले राम्रो नमानिने बताए ।