Wednesday, January 22, 2025

मरधर बचाउ सघर्ष समिती ले ज्ञापन पत्र बुझायो

पछिल्लाे समाचार

रौतहट ४ बैसाख । चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको मरधर सिमसार व्यक्तिले दर्ता गरेपछि जनस्तर बाट बिरोध हुन थालेको छ ।
ज्ञापन पत्रमा प्राकृतिक सौन्दर्यता जैविक विविधता लगायतको महत्वले भरिपूर्ण नगरकै गौरव एवं पर्यटकीय संभावना बोकेको सार्वजानिक स्थल भु माफियाले कब्जा गरेको उल्लेख छ ।
यस्तै संरक्षण र प्रर्वद्धन गर्न सके नगरमा लाखौ पर्यटक भित्रने र त्यस बाट नगरपालिका र स्थानियले प्रत्यक्ष लाभ लिन सक्ने अवस्था रहन्छ । यसको संरक्षण र विकासमा सम्बन्धित निकायको खासै ध्यान गएको देखिदैन् । राज्यका विभिन्न तहबाट विनीयोजीत रकम समेत योजनावद्ध र पारदर्शि तरिकाले खर्च नभई रहेको अवस्थामा हाल आएर प्रदेश सरकारबाट छुटयाइएको बजेट कार्यान्वयन गर्ने क्रममा उक्त सिमसार क्षेत्र विभिन्न व्यक्तिहरुको नाममा दर्ता रहेको भन्दै योजना कार्यान्वयन नहुने भन्ने बुझिएकोले उक्त सार्वजनिक सम्पति हाल पोखरी रहेको स्थान समेत कित्ताकाट गरि व्यक्तिहरुको नाममा दर्ता गराउने काम कुन समयमा क-कसको संलग्नतामा भएको हो सो सम्बन्धमा यथार्थ छानबिन गरि कार्वाही गर्न समितिले सम्बन्धित निकाय संग माग गरेको छ ।
उक्त मरधर सिमसार क्षेत्रको क्षेत्रफल यकिन गरि घेरावेरा तथा कम्पाउण्ड गरि त्यसको संरक्षण गर्ने काम तुरुन्त गर्न माग गरिएको छ ।
मरधर सिमसारलाई व्यवस्थीत तरिकाले विकास गर्न निम्न कार्यहरु तत्काल गर्नको लागि नगरपालिका संग समितिले माग गरेको छ ।
संघर्ष समितिले व्यक्तिको नाममा गरिएको जमिन तुरुन्त खारेज गरि नगरपालिकाको नाममा ल्याउन ,नगरको गौरवको योजना घोषणा गरि लागु गर्न , सिमसार संरक्षण एवम् विकासको गुरु योजना बनाइ लागु गर्न ,. सिमसार क्षेत्रको चारकिल्ला छुट्टयाई तत्काल घेरावेरा र कम्पाउण्ड गर्न ,. वर्षायाममा जम्मा हुने पानीले नजिकैको बस्ती डुवान हुने भएकाले पानीको निकासको “उचित व्यवस्था मिलाउन ,विगतका बर्षमा सिमसार क्षेत्रको पोखरीको ठेक्काबाट के कति आम्दानी भयो र चालू आ.व. मा किन ठेक्का लागेन सोको जानकारी गराई आगामी आ.व. मा अनिवार्य ठेक्का लगाउन माग गरेको मरधर सिमसार बचाउँ संघर्ष समितीका संयोजक शिव आचार्यले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु