Wednesday, January 22, 2025

मरधर बचाउन संघर्ष समिती गठन

पछिल्लाे समाचार


चन्द्रपुर ३ बैसाख । चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भु माफियाले दर्ता गरेपछि आइतबार मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ । मर्धर सिमसार क्षेत्र आसपासमा बसेको स्थानियहरुको भेलाले शिव प्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानिय युवा सुदिप गिरीले जानकारी दिएका छन ।
समितिको सह संयोजकमा राजन कार्की र सचिबमा सरोज बछार रहेका छन ।
यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी,थिर कुमारी कार्की,सबिता आचार्य,राजु पराजुली,धुब्र घिमिरे,अमृत सापकोटा,जोखन बिक,शेर बहादुर तामाङ,थलराज भारती,तेज बहादुर महत,जंग बहादुर थापा,कुमार पहाडी,बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन ।
समितिले सिमसार क्षेत्रको संरक्षणको लागी भोली देखी नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरु संग छलफल गरेर काम अगाडी बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन ।
मर्धर सिमसार बचाउ संघर्ष समितिले भोली सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधि हरुसंग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए ।
मर्धर सिमसार क्षेत्रलाई भु माफियालले आफ्नो नाममा दर्ता गरेपछि स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन ।
भु माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठाका दरले २० टुक्रा गरेका छन् ।
मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा जमिन कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा दर्ता गरि नामसारी गरेकाे पाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु