Wednesday, January 22, 2025

मधेशमा गर्मी बढ्यो,स्वास्थ्यमा ध्यान दिन सुझाव

पछिल्लाे समाचार


रौतहट ६ वैसाख । तराईमधेश क्षेत्रमा केहिदिन देखि गर्मी निकै बढेको छ ।
गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
रौतहट लगाएत मधेश प्रदेशमा केहिदिन देखि गर्मी बढेको छ ।
बुधबार दिउँसो १ बजेको तापक्रम बुटवलमा ३८ डिग्री, भैरहवामा र नेपालगञ्जमा ३९, वीरगञ्जमा ३७, पाल्पामा ३५, काठमाडौँमा ३१ र मुस्ताङमा १९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । तापक्रम मापनअनुसार भैरहवामा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री र बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम थियो ।
गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कुनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउन डाक्टरहरुको सुझाव छ ।
बढ्दो गर्मीसँगै झाडा पखाला, मौसमी रोगहरुको संक्रमण बढ्ने खतरा भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउन सुझाव छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु