रौतहट, ११ बैशाख । बृन्दावन नगरपालिका वडा ९ आकडपाकर टोलमा सामुदायिक भवन शिलान्यास भएको छ ।
भवनको शिलान्यास गर्दै बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले गाउँ-घरमा पूर्वाधार विकाससँगै सामाजिक विकास, जनचेतना धेरै आवस्यक देखिएको बताए ।
भवन, नाला, सडक बिजुली र अन्य पूर्वाधार निरन्तर चलिरहन्छ तर सामाजिक सद्भाव, समुदाय बिचको दुरी हटाएर समृद्ध समाज, विकास निर्माणमा सक्रिय भई भेदभावलाई अन्त गर्न खाचो देखिएको उनले बताएका छन् ।
छोराछोरी बिहे, ब्रतबन्धन, भोजभतेर, वा समाजमा कुनै कार्य गर्न खोज्दा व्यवस्थित ठाउँ पाउन नसकेर कठिनाइ भोग्न बाध्य भएकाहरुलाइ समुदाय भवनले सजिलो बनाउने मेयर कुर्मीको भनाइ छ ।
भवन निर्माणका लागि वडा स्तरीय योजनाबाट पारित कुल लागत २० लाख रहेको छ भने यसबाट दुई कोठे भवन निर्माण हुने मेयर कुर्मीले जानकारी दिए ।
भवन शिलान्यास कार्यक्रम वडाअध्यक्ष शेख प्रबेज आलमको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वडाअध्यक्ष रवीन्द्र साह, उपभोक्ता समितिका अध्यक्ष लगायत को उपस्थिती रहेको थियो ।