Friday, January 24, 2025

बृन्दाबनमा दलित सामुदायिक भवनको शिलान्यास

पछिल्लाे समाचार


रौतहट, १५ बैशाख । बृन्दावन नगरपालिकामा दलित सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
बृन्दावन नगरपालिका वडा नम्बर ८ बहुवरी टोलमा बिहीबार एक कार्यक्रम बिच दलित सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले वडा नं. ८ बहुवरीमा ३० लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन ।
समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर कुर्मीले जानकारी दीए ।
मेयर कुर्मीले सामुदायिक भवन बनेपछि दलित बस्तीमा विवाह, ब्रतबन्ध, उत्सवमा वा कुनै कार्य गर्न भवनको अभाव भईरहेको महसुस गरी सामुदायिक भवन निर्माण गर्न लागेको उनले बताए ।
मधेश प्रदेश सरकारको योजनाबाट २ कोठे भवन निर्माण हुन लागेको हो ।
बृन्दावन नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रवीन्द्र कुमार साहको अध्यक्षता र नगरपालिकाका मेयर कुर्मीको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रममा वडा सदस्य, बुद्धिजिवी, स्थानीय, राजनितिककर्मी लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु