रौतहट, २० चैत । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आईतवार महायज्ञको समुदघाटन गरेका छन ।
रौतहटको यमुनामाई गाउँपालिकाको जेठरहिया गाउँमा विश्व कल्याण हेतु श्री विष्णु महायज्ञ यमनामाई गाउँपालिकाद्धारा वडा नम्वर १ जेठरहिया गाउँमा आयोजित यज्ञको उद्घाटन भएको हो ।
यज्ञको माध्यमबाट समाजका विकृतिहरु समाप्त पारी सबैमा सदभाव, आपसी भाईचारा, विकास, शिक्षाको पथमा अघि बढ्न सदभाव प्राप्त होस भन्ने कामना गर्दै यज्ञको पूर्ण सफलताको कामन गरिएको छ ।
कार्यक्रममा यमुनामाई गाउँपालिकाका अध्यक्ष शेख इर्शादले उपराष्ट्रपति यादवलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेका छन ।
उक्त कार्यक्रममा संविधान सभा सदस्य एवं पूर्व उर्जा मन्त्री सत्यनारायण भगत, पूर्व कृषि राज्य मन्त्री योगन्द्र यादव र वडा नम्वर १ को वडाध्यक्ष नन्दलाल यादवले महायज्ञको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा माधवनारायण नगरपालिकाको मेयर बैजुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरु,राजनितिज्ञ,स्थानियको उपस्थिति रहेको थियो ।