रौतहट, २२ चैत । रौतहटमा बेलाबेला रगतको अभाव हुने गरेको छ । बिरामीलाइ रगत आवश्यक पर्दा सुरक्षाकर्मीले उपलव्ध गराउदै आएका छन ।
सुत्केरी, गर्भवती तथा जटिल रोगका बिरामी,दुर्घटनाका घाइतेलाई समयमै रगत उपलब्ध नहुँदा समस्या हुने गरेको छ ।
अस्पतालमा ब्लड बैंक स्थापना छ तर धेरैजसोले रक्तदान नगर्दा दिनहुँ रगत अभावका कारण अस्पतालको शैयामा छट्पटाइरहेका बिरामीलाई सुरक्षाकर्मीले रक्तदान गर्दै आएका छन ।
रक्तदातालाइ उत्साही बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बेलाबेला रक्तदान गर्न जनचेतनामूलक कार्यक्रम र हौसल्ला नदिदा रक्तदानमा स्थानिय आकर्षित देखिदैनन ।
प्रादेशिक अस्पताल गौरमा सुत्केरी तथा जटिल उपचारका लागि आउने बिरामीका आफन्त औषधी भन्दा रगतको चिन्तामा भौतारिने गरेका छन ।
नेपाल रेडक्रस सोसाइटी रौतहटले बेलाबेला मा रक्तदान कार्यक्रमहरु नगर्दा रगत अभाव हुने जनाएको छ ।
सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न अवसरमा रक्तदान गर्न खासै चासो नदेखाउदा समस्या आउने गरेको रेडक्रसका सभापति राजकिशोर प्रसाद यादवले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण ले रगत आवश्यक परेकालाइ फ्रेस रगत उपलव्ध गराउदै आएको छ ।
बिरामीका आफन्तलाई पहिल्यै रगत को व्यवस्था गर्न आग्रह गर्ने गरेको प्रादेशिक अस्ताल गौरका चिकित्सक डा. गोपाल गुप्ताले बताए ।
रगत उपलब्ध नहुँदा बिरामीका आफन्तले जिल्ला प्रहरी, सशस्त्र तथा नेपाली सेनालाई फोन गरेर रगत उपलब्ध गराउन आग्रह गर्ने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।
बिरामीका आफन्तको पहुँच तथा सुरक्षाकर्मीको सम्पर्क नम्बर नहुँदा समस्यामा पर्दै आएपछि गत महिना सशस्त्र प्रहरीले अस्पताल परिसरमै रगत चाहिएमा सम्पर्क नम्बरसहितको सूचना जारी गरेको थियो ।