रौतहट २६ चैत ।अभिभावक नभएको मौका छोपी ८ वर्षीया बालिकाको मुख थुनेर बलात्कार गरि फरार एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।
कटहरीया बस्ने भारतिय नागरीक धर्मेन्द्र साहले जबरजस्ती करणी गरी फरार भएका थिए।
पीडित बालिका ले रोईकराई गर्दै आफ्नो काका र काकीलाई घटना सुनाएपछि काकाले भाग्दै गरेका साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए।
इलाका प्रहरी कार्यालय कटहरीयाका प्रमुख सई अशोक कुमार महतोले आरोपी भारतीय नागरिक साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको बताएका छन।