रौतहट २२,चैत्र । प्रेस सेन्टर नेपाल जिल्ला शाखा रौतहटको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज एवम् मधेश प्रदेश सभा सदस्य यूवराज भट्टराई (समीर) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादीका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज मा.यूबराज समीर भटराईले अरुलाई बदल्नको लागी पहिले आफू बदलिनु पर्ने बताए । समाज परिबतर्न गर्नको लागी स्वयम पत्रकारहरु पनि बदलिएर भ्रष्टचार,बेथिति,बिसङिती लगायत आवाज बिहिनको निम्ती कलम चलाउनु पर्ने उनको तर्क थियो ।
कार्यक्रममा बोल्ने अन्य अधिकांस बक्ताहरुले पत्रकारहरु सँग आम नागरिकले धेरै बिश्वास र आशा राख्ने गररेको हुनाले पत्रकारले जहिले पनि सत्यको पक्षमा रहेर कलम चलाउनु पर्ने बताएका थिए । एउटा पत्रकारले आफ्नो बिचार सिद्धान्त राख्ने बोक्ने स्वतन्त्रता भए पनि पत्रकारले चलाउने कलम भने सधै स्वतन्त्र हुनु पर्ने बक्ताहरुको भनाई थियो । पत्रकारीता पेशा जहिले पनि हरेक निकायलाई सहि बाटो देखाउने भुमिका जहिल्यै अङ्रपक्तीमा रहने हुनाले पनि यो पेशाको मर्यादा राख्न बक्ताहरुले आग्रह गरेका थिए ।
उद्धघाटन कार्यक्रमको बिशिष्ट अतिथिमा पूर्व संविधान सभा सदस्य देबेन्द्रे पटेल, नेपाल पत्रकार महासंघका केंद्रीय सदस्य शिव पूरी रहेका थिए । यस्तै अतिथिमाहरुमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, ईलाका प्रशासनक कार्यालय चन्दपुरका प्रमुख,रौतहट ट्राफिक प्रहरी रौतहटका प्रमुख लगायतको उपस्तिथि रहेको थियो । प्रेस सेन्टर नेपाल जिल्ला शाखा रौतहटका अध्य्क्ष दिल्ली बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष बिमल कर्ण, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य बिष्णु पोखरेल, पत्रकार महासंघ रौतहटका संस्थापक अध्यक्ष प्रेमचन्द्र झा,प्रेस चौतारीका महासचिब गौतम श्रेस्ठ, प्रेस यूनियन का केंद्रीय सदस्य संजय कार्कीले शुभकामना मनतव्य राखेका थिए ।
सो साधारण सभाबाट अध्यक्ष पदमा दिल्ली बहादुर कार्की,उपाध्यक्षमा ध्रुब घिमिरे,ममता कुमारी यादव(समावेशी),सचीब रमेश कुमार यादव,सह सचीब पवन कुमार गुप्ता तथा सदस्यहरुमा बिजय साह,मंजू ठाकुर,राजेंद्र कुवँर,दिनेश थापा,छेड़ी सहनि सर्वसहमतिले चयन भएको छ।