Sunday, January 26, 2025

परोहा नपाले सुचना दिन आनाकानी गरेको गुनासो

पछिल्लाे समाचार



रौतहट, १६ बैशाख ।  परोहा नगरपालिकाले सुचना उपलब्ध गराउन आनाकानी गरेको गुनासो छ ।
नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार माग गरेको सुचना परोहा नगरपालिका ले उपिलब्ध गराउन आलटाल गरेको माग कर्ताले गुनासो गरेका छन ।
रौतहटको परोहा नगरपालिकाले सूचनाको हकसम्बन्धी ऐनमा टेकेर माग गरिएका सूचना दिन आलटाल गरेको पाइएको छ ।
रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशको कोषाध्यक्ष तथा परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया का संचारकर्मी अभिमनु कुमार पटेल (राउत) ले २०७९ चैत ६ गते परोहा नगरपालिका संग सार्वजनिक महत्वका बिषयमा सूचना माग गरेका थिए ।
उनले परोहा नगरपालिका संग आर्थिक बर्ष २०७८ देखि २०७९ फाल्गुन सम्म परोहा नगरपालिकाले ईन्धन पेट्रोलियम पदार्थको लगबुक विवरण प्रमाणित प्रतिलिपि, २०७८ साउन देखि करार कर्मचारीहरको नियुक्ती प्रक्रिया पद, समूह, नाम ठेगाना सहित प्रमाणित विवरण, २०७८ साउन देखि २०७९ फाल्गुन सम्म कार्यालय प्रयोजनको लागि खरिद भएको स्टेशनरी सामाग्री, फर्निचर, ईलेक्ट्रोनिक्स सामान बिल सहित प्रमाणित विवरण प्रतिलिपि र २०७८  साउन देखि २०७९ फाल्गुन सम्म यस कार्यालयबाट सुचना तथा संचारको नाममा टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन, भिडियो, फोटो लगायतका बिषयमा गरिएको  खर्च भुक्तानी सहित प्रमाणित विवरण माग गरेका थिए ।
माग गरिएको सूचना एक महिना १० दिन बित्दा पनि  परोहा नगरपालिकाले उपलव्ध नगराएको निवेदक पटेलले गुनासो गरेका छन ।
परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. महफुजल अहमदले तोक लगाई सुचना अधिकारी मो. मोति रहमानलाई  माग गरिएको सुचना कानुन अनुसार उपलब्ध गराउन निर्देशन गरेपनिे सम्बन्धीत शाखाहरुबाट सूचना उपलब्ध नभएको संचारकर्मी पटेलले गुनासो गरेका छन ।
पटक पटक प्रमुख प्रशासकीय अधिकृत अहमदलाई सुचना बारे जानकारी लिन फोन गर्दा कहिले बाहिर छु, कार्यालयमा भनिदएको  छु, आजभोलिमा दिन्छ भनेर आलटाल हुँदै आएको सुचना माग कर्ता पटेलले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु