रौतहट ११ बैसाख / चन्द्रपुरको एक समुदायिक वन उपभोक्ता समुहको घाटगद्दी गरेर राखेको काठ चोर्दै गरेको अबस्थामा पिकअप भ्यान सहित काठ बरामद भएको छ ।
काठ चोरहरु भने भाग्न सफल भएका छन ।उनीहरुको बन गस्ति टोलिले खोजी गरीरहेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समुहको घाटगद्दीबाट डिभिजन वन कार्यालयको टोलीले काठ सहित पिकअप भ्यान बरामद गरेको हो ।
वनको टोलीले आइतबार राती करिब २ बजे प्रदेश ०२—०३— ००१च ४१७९ नम्बरको पिकअप भ्यान सहित ६३ क्युफिट काठ बरामद गरेको पौराइ सब डिभिजन वन कार्यालय जुडिबेलाका फरेष्टर शम्भु महतोले जानकारी दिएका छन ।
काठ लोड गरिसकेको अबस्थामा बरामद भएको र काठ तस्कर फरार भएको फरेष्टर महतोले जानकारी दिए ।
सोही नमुना सामुदायिक वनका उपभोक्त समुहका केही पदाधिकारीबाट नै काठ चोरी भइरहेको सुराकी आएपछि वनको टोली काठ घाटगद्दी गरेको स्थानमा पुगेको महतोले बताए । बरामद काठ र पिकअप भ्यान डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाइ बुझाइएको छ ।
यता सोही नमुना सामुदायिक वन उपभोक्ता समुह जुडिबेलाका अध्यक्ष अजय कुमार चौधरीले आफनो सामुदायिक वन क्षेत्रमा तस्करले गिद्दे नजर लगाएको थाहा पाएपछि दिनरात गस्ती गर्ने गरेको दाबि गरेका छन ।
शनिबार रातभरी गस्ती गरेको र सोही क्रममा तस्करको गाडी घाटगद्दी मै भेटिएपछि वनका कर्मचारीलाइ खबर गरेर गाडी बरामद गर्न सफल भएको अध्यक्ष चौधरीले जानकारी दिए ।
सो गाडी को बिषयमा यातायात ब्यबस्था कार्यालय बिरगंज संग बुझने प्रक्रिया शुरु भएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका डिभिजन वन प्रमुख सुनिल कुमार कर्णले जानकारी दिएका छन ।
केही महिना यता मात्रै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले ३ वटा पिकअप भ्यान,१ वटा टेक्टर र १ वटा ट्रक बरामद गरेको बन प्रमुख कर्णले जानकारी दिए ।