रौतहट ११ बैसाख । सामुदायीक विद्यालयले विद्यार्थी भर्ना अभियान शुरु गरेका छन ।
गरिव तथा बिपन्न समुदायका बालबालिका अझै विद्यालय बाहिर नै छन् ।
रौतहटको चन्द्रपुर- ९ स्थित मुसहर बस्तीका २७ वर्षीय विजय माझीका चार छोरी छन । सबैभन्दा जेठी सुनिताकुमारी ९ वर्षकी छिन उनी बिधालयमा भर्ना हुन सकेकी छैन ।
उनको समय दिनभर खेलेरै समय बित्छ। विजयका तीनवटी छोरी हरु विद्यालय जाने उमेरका भए पनि घरमा नै छन । डुमरियास्थित मुसहर बस्तीमा विद्यालय जाने उमेरका धेरै बालबालिका बिधालय जादैनन ।
अभिभावक निरक्षर भएकाले ,पालनपोषण गर्न पैसा नहुदा,आफ्ना सन्तानलाई शिक्षा दिन उनिहरुले चासो दिएको पाइदैन ।
जन्मदर्ता नभएपछि विद्यालय भर्ना गर्न नसकिएको हो, विजयले भने, पढाएर ठुलो मान्छे बनाउने रहर भएर के गर्नु भर्ना गर्न समस्या छ ।
विजय इटाभटामा काम गर्छन । उनको श्रीमति पनि त्यही काम गर्छिन । घरमा साना बालबालिका छाडेर जान्छन । आर्थिक अभावका कारण पढाउन नसकेको अभिभावकको भनाइ छ डुमरिया माबिका प्रधानाध्यापक राजेश चौधरीले मुसहर बालबालिका विद्यालय नआउनुको मुख्य कारण आर्थिक संकट भएको बताउछन।
ईंटा भट्टामा अभिभावक गएको बेला बालबालिका सबै उतै जान्छन् ,उनीहरू विद्यालय रुचाउदैनन ।
सरकारले गरिबीको सूचकाकमा अति पछाडि परेका बालबालिकालाई बाल पोषण भत्ता वितरण गर्दै आएको छ । वडा कार्यालयले जन्मदर्ता नै नबनाएपछि भत्ताबाट समेत वञ्चित भएको उनीहरूको गुनासो छ ।
मुसहर समुदायमा आमाको नागरिकता नभएपछि छोराछोरीको जन्मदर्ता बन्न नसकेकाले भर्नामा समस्या भएको स्थानिय मुसहर अगुवा अकलु मुसहरले बताए। ‘
चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले दलित बालबालिका भर्ना भएर पनि विद्यालय जान नचाहने समस्या पहिले देखिकै भएको बताए ।
१ देखि ५ सम्मका बालबालिकालाई १ सय ८० दिनसम्म दिवा खाजा खुवाउने अवधारणा ल्याएको छ तर दलित बालबालिका खाजाप्रति आकर्षित छैनन ।
दलित अगुवा अनुप माझीले जिल्लाभर दलित बालबालिकाको सख्या ५ हजारभन्दा बढी रहेको बताउछन ।