राैतहट १३ बैसाख । नगरपालिका संग सुचना माग गर्दै राैतहटको वृन्दावन नगरपालिका आगाडी २४ घण्टे रिले अनसन बसेको एक महिना ७ दिन पुगेकाे छ ।
निर्वाचित चार जना वडा अध्यक्ष र तीन जना मेयर प्रत्यासी रिले अनसनमा बसेका छन ।
३ जना नेकपा माओवादीबाट,१ जना नेकपा एमाले बाट बिजयी वडा अध्यक्षहरु साथै काग्रेस,एमाले, माओवादी बाट उठेका मेयर पदका उम्मेद्वारहरु रिले अनसनमा बसेका छन ।
अनसनकारीले माग गरे बमोजिमको १४ बुदे सुचना उपलब्ध गराउन नगरपालिकाको कार्यालयको तर्फबाट कुनै पहल नभएको अनसनकारीले गुनासो गरेका छन ।
जनताहरुले मागेको सुचना दिन आलटाल गर्नुको साथै कार्यपालिका बैठकमा पनि नगर प्रमुख विनोद राउत कुर्मीले चित्तबुझ्दो जवाफ नदिएपछि रिले अनसन बसेकाे वडा नम्बर ४ का वडा अध्यक्ष श्याम प्रसाद यादवले बताए ।
वृन्दावन नगरपालिका कार्यालय आगाडी अनसन बसिरहेका जनप्रतिनिधि तथा दलका नेताहरुसंग आफुले भेटेर काम गर्ने बताबरण बनाई दिन अनुराेध गरेकाे प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद पाण्डेयले बताए ।
नगर प्रमुख कुर्मी तथा अनसनकारी बिच बार्ताहुने अवस्था नदेखेपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेय दुबै पक्षलाई जनताको काममा सहजता प्रदान गर्न आग्रह गरेका छन ।
पहिलेका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल लाई भ्रष्टाचार गरेकाे तथा अनसनकारी लगायतका सरोकारवालासंग समन्वय नगरेको आरोप लागेपछि मन्त्रालयले उनलाइ सरुवा गरेकाे थियो ।
पाण्डेय हाजिर भएकै दिन अनसनकारीलाई भेटी सबै सुचना दिन्छु प्रतिबद्धता समेत गरेका थिए ।
तर सुचना नपाएको नेकपा एमालेका नेता तथा नगर प्रमुख पदका उम्मेदवार प्रेमशंकर यादवले आरोप लगाएका छन ।राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आगाडी प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भनेको कुरा अहिले फेरेको यादवको भनाइ छ ।
पुर्व नगर प्रमुख रामस्नेही यादवले नगरप्रमुख कुर्मीमा नैतिकता नरहेको , आफुले जे बोल्दैछु त्यही सही हो आफुलाई राजा ठान्नेले थाेरै समयमा धेरै भ्रष्टाचार गरेको आरोप लगाएका छन । नगरप्रमुख कुर्मिले भने भ्रष्टाचार गर्ने व्यक्तिहरु आफुलाई चोखो बताउन रिले अनसन बसेकाे आरोप लगाए ।
सुचना अधिकारी मार्फत सुचना लिएर पनि रिले अनसन जारी राखेकाेमा दुख व्यक्त गर्दै नगर प्रमुख कुर्मीले विकास निर्माण तथा नदि जन्य वस्तुकाे राजश्व संकलन हुने समयमा रिले अनसन गरेर विपक्षिले दुख दिने मनसाय राखेको बताए ।
चैत्र ७ गते देखि वृन्दावन नगरपालिका वडा नम्बर २,३,४ र ५ का गरि ४ जना वडा अध्यक्ष र नगर प्रमुख पदका तीन जना उम्मेदवार रिले अनसन मा छन ।