रौतहट २२ चैत । गौर नगरपालिका वडा नम्बर ३ को पुरानो बाटो मर्मत हुने भएको छ ।
चलनचल्तीमा रहेको सडक नगर प्रमुख शम्भु साहको पहलमा मर्मत हुन लागेको छ ।
इशनाथ नगरपालिका को औरैया , बन्जरहा , मठिया तथा गौर वडा नम्बर ४ टिकुलिया बाट गौर बिपि चोकमा प्रवेश गर्ने मुल सडकको रुपमा रहेको सडक जिर्ण अवस्थामा रहेको थियो । साइकल , मोटरसाइकल ,टायर , ट्रैक्टर , जिप लगाएतका सवारी साधन चल्ने सो सडक नक्सामा रहे पनि उचित मर्मत नहुदा स्थानीय सास्ती खेप्दै आइरहेका थिए ।
नगर प्रमुखमा शम्भु साहलाई स्थानीयले सो सडक खन्ड मर्मत गर्न अनुरोध गरे लगत्तै सडकमा माटो पुरी ग्रेभल गर्ने योजना शुरु भएको हो ।
स्थानीय जिवछ मन्डलको अध्यक्षतामा गठित उपभोक्ता समितिले काम शुरु गरेको हो । नगर प्रमुख साहले योजनाको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिएका छन ।
माटो पुरी ग्रेवेलको काममा पानी छर्कने तथा रोलिङ गर्ने नरहेता पनि सो कार्य नगर प्रमुख साहले गराएपछि स्थानिय खुशी भएका छन ।