Wednesday, January 22, 2025

गरुडामा प्रदर्शनकारी र प्रहरी विच झड्प, एक जना घाइते,स्थिति नियन्त्रणमा लिन ११ राउण्ड गोली फायर

पछिल्लाे समाचार


रौतहट, २९ चैत ।  गरुडा नगरपालिकाको कार्यालय मा ढुंगामुढा गराई  क्षति पुर्याउन खोज्दा प्रहरीले  ११ राउण्ड हवाइ फायर गरेकाे छ ।
गरुडा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै आन्दोलन गर्दै आएका गरुडाका दिपक यादवका समर्थकले बुधवार केही गाउँलेहरुलाई उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरु नगरपालिकालाई सुरक्षा दिएकाे अवस्थामा झडप भएको थियो ।

नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा दिपक यादवको समुहलाई प्रहरीले रोकपछि प्रदर्शनकारीहरु ढुंगामुढा गरेर टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षतिपुर्याउन थालेपछि  प्रदर्शन उग्र बनेपछि टियर ग्यास प्रहार गरेपनि अटेर गरेपछि ११ राउन्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ ।
ढुंगामुढाबाट प्रहरी निरीक्षक पासवान लाई चोट लागेको छ ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट केहि सवारी साधनहरुमा  क्षति भएको, प्रहरी निरीक्षक सहित चार जना प्रहरी घाइते भएको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले जानकारी दिएका छन ।
प्रहरीको गोली लागेर गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मिपुर गाउँका २२ बर्षिय युवक गजेन्द्र यादव घाइते भएका छन ।
घाईते यादवको पाखुरामा गोलि लागेपछि  स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगंज पठाइएको छ ।


झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।
मानिसहरुलाई उचालेर प्रदर्शन गराउन ल्याएकाे भन्दै युवक दिपक यादव सहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी बुढामगरले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु