रौतहट २० चैत । गरुडा नगरपालिकाका महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
माण्डवी सँस्थाको आयोजानामा तथा आइएफइएस को प्राविधिक सहयोगमा सचालित शी लिडस् परियोजना अन्तर्गत गरुडा नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको ४ दिने प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको हो ।
माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ । चौथो मोडयूलको प्रशिक्षण कार्यक्रम गरुडा नपाका १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता थियो ।
प्रशिक्षण कार्यक्रम आफ्नो व्यक्तिगत उत्थानशीलता,बजेट निर्माण प्रकृया ,योजना तर्जुमाका प्रकृयाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी र शक्ति सम्बन्धि जानकारी तथा प्रशिक्षण समेत गरिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिए ।
सो प्रशिक्षण कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडाको विकास गर्ने सहभागिहरुले जानकारी गराए । प्रशिक्षण कार्यक्रम चैत्र १६ गते देखि १९ गते सम्म संचालन भएको थियो