रौतहट ९ बैसाख । मेची महाकाली विद्युतीय रेलको ट्र्याकमा परेका रुख कटान गर्दा काठ चोरेर बेचेको आरोप लागेका रौतहटका सहायक वन अधिकृत बालकिशोर सिंहलाई डिभिजन वन कार्यालय रौतहटले स्पष्टीकरण सोधेको छ ।
बन अधिकृत सिंहले अनियमित रुपमा काठ बेचेको खुलासा भएपछि बिक्रीका लागि तयार पारिएका केही थान गोलीया काठ सिंहले रातारात पुरानै ठाउँमा लगेर राखिदिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सहायक वन अधिकृत सिंहले ६ टुक्रा पारेर काठ बेच्न लागेको खुलेपछि उनीमाथि अनुशन्धान गरिएको हो ।
डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले जंगलमा कटान भएको सालको साढे १० फिट लम्बाइ र ५२ इन्च मोटाइ भएका गोलीया काठ टुक्रा पारेर लुकाएको खुलेपछि स्पष्टीकरण सोधिएको बताए ।
प्रमुख सिहले भने ‘गोलीया काठ हराएको घटना लगत्तै मैले सहायक वन अधिकृत सिंहलाई निलम्बन गर्छु भनेपछि काठ फिर्ता ल्याइएको छ,’ सालको गोलीया टुक्रा पारेर लगेको घटनाको छानबिन समिति गठन गरेको छु ,अहिले स्पष्टीकरण सोध्ने काम भएको छ ।
बन कार्यालयका सहायक वन अधिकृत रामप्रसाद साहलाई अनुसन्धानको जिम्मेवारी दिइएको छ ।
तस्कर संग साँठगाँठ गरेको आरोप लाग्दै आएकाअधिकृत सिंहले वैशाख ४ गते दिउँसो रेलवेको ५ नम्बर प्याकेजको रुख कटान भएको क्षेत्र पुगेर कामदारलाई सालको गोलीया टुक्रा पार्न आदेश दिएको आराेप छ ।
‘सहायक वन अधिकृत सिंहले गोलीया लुकाएको थाहा पाउनासाथ प्रमुख कर्णले गोलीया गायब गरेको पुष्टि भएमा निलम्बन गर्ने सिंहलाई चेतावनी दिए पछि उक्त काठ जहाँबाट उठाएको हो त्यहीँ ल्याएर राखेको वन कार्यालयले जनाएको छ ।