रौतहट १९ चैत ।आम जनना पार्टीले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका भएको प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई धोका दिएर अपमान गरेको प्रतिक्रिया साह नेतृत्वको आम जनता पार्टीले दिएको हो । आम जनताका प्रवक्ता चन्द्रभूषण साहले सरकार विस्तारबारे १० दलीय सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय दिने भनेर गरेको वाचा तोडेको बताए।
शुक्रबार पुनर्गठन भएको मन्त्रिपरिषदमा अध्यक्ष प्रभु साह नसमेटिएपछि त्यस्तो प्रतिकृया आएको हो ।
‘प्रचण्ड आफैले आम जनता पार्टीलाई एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने बताएको , साहको भनाइ छ ।
सरकारमा जाने प्रस्ताव ल्याएकाले हामीले निर्णय गरेका थियो। तर प्रचण्डले उक्त निर्णय उल्ट्याएर हाम्रो पार्टीको अपमान गरे ।’ गठबन्धनको बैठकमा स्वयम् प्रचण्ड ले वाचा तोडेर राजनीतिक बेइमानी गरेको साहको प्रतिकृया छ ।
‘गठबन्धनको बैठकमा प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँटका लागि आमजनता पार्टीलाई भाग छुट्याउने प्रस्ताव, निर्णय र प्रचार पनि गर्नु भएको हो’, अध्यक्ष साहले भने तर सरकार पुनर्गठन गर्दा आम जनता पार्टीलाई सहभागी नगराउनु हामीप्रति अपमानजनक धोका हो ।