रौतहट,६ बैशाख । मधेश प्रदेश सभा सदस्य युबराज भट्टराई ( समिर )ले आफ्नो कोष बाटहुने बिकास निर्माणका योजना सार्बजनिक गरेका छन ।
रौतहट क्षेत्र नं. ४ ( क ) बाट निर्बाचित प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)को संसदिय कोष बाट हुने योजना सार्बजनिक गरेका छन ।
उनले आर्थिक वर्ष ०७९/०८० को संसदीय कोषको बजेट बाट छनौट गरिएको योजना सार्वजनिक गरेका हुन ।
निर्वाचन क्षेत्रका हरेक वडामा एक/एक योजना छनौट गरिएको छ । निर्वाचनको समयमा मतदाता समक्ष राखेको वाचा,र प्रतिबद्धता अनुरुप एक वडा एक योजना नछुट्ने गरि योजना अगाडि बढाइएको छ ।
योजनामा वृन्दावन नगरपालिका वडा नं. १,२ र ३ का लागि ९० लाख रकम विनियोजन छ । वृन्दावन नगरपालिका वडा नं. १ चिरानटोलमा सडक स्तरउन्नतिको लागि १० लाख छुट्याएको छ भने वडा नंं १ कै बैराठपुर सडक स्तरउन्नतिका लागि १० लाख, वडा नं. १ को चादीपुल नजिक ढलानको लागि १० लाख विनियोजित गरिएको छ ।
वडा नं. २ मा पुस्तकालय सटर भवन निर्माणको लागि २५ लाख, वडा नं. ३ मा पिप्राटोल मस्जिद र सडक स्तरउन्नतिका लागि १५ लाख, पुर्वारीटोल विश्रामपुर सडक स्तरउन्नतिको लागि १५ लाख छुट्याइएको प्रदेश सभा सदस्य भट्टराईले जानकारी दिए ।
त्यसै गरी चन्द्रपुर नगरपालिका वडा नं. १ को बागमतिमा डिप बोरिङ जडानका लागि २५ लाख, वडा नं. २ मा दुलालटोल सडक स्तरउन्नतिका लागि १५ लाख, वडा नं. ३ मा वनदेवी प्रा.वि. भोलनटारको भवन निर्माणको लागि २० लाख, वडा नं. ४ को मुस्लिम टोल जाने बाटो नाला निर्माणको लागि १७ लाख, होटल तराईइन देखि उत्तर जाने बाटो स्तरउन्नतिको लागि ८ लाख,वडा नं. ५ मा चन्द्रबहादुर राईको घरदेखि रिङरोडसम्म सडक स्तरोन्नति कार्यका लागि २० लाख विनियोजन गरिएको छ ।
त्यसै गरी वडा नं. ६ विरेन्द्र वैठाको घरदेखि मोथियाही जाने बाटो स्तरउन्नतिको लागि २० लाख, वडा नं. ७ को नयाबस्ती स्कुल भवन निर्माणको लागि १५ लाख, वडा नं. ७ कै फुटवल ग्राउण्ड मर्मतका लागि ५ लाख, वडा नं. ८ को मरधर गैरीटोल सडक स्तरउन्नतिका लागि २० लाख, वडा नं. ९ मा स्वास्थ्यचौकी निर्माणको लागि २० लाख,वडा नं. १० को बलुवा सुकुम्बासी टोल सडक स्तरउन्नतिका लागि २० लाख रकम छुट्याइएको छ ।
विनियोजित कार्यक्रममा प्रदेशसभा सदस्य युवराज भट्टराई(समिर)को प्रशासनीक खर्चका लागि ५ लाख र कार्यालय प्रशासनीक खर्चमा २ लाख ९५ हजार छुट्याएको प्रदेश सभा सदस्य भट्टराईले जानकारी दिए ।