रौतहट १९ चैत । साथीहरु मिलेर अचेत हुने ओषधी खुवाएर मलद्वारमा रक्सिको बोतल छिराइदिएपछि गम्भीर बिरामी भएका रौतहटका एक युवक अस्पताल बाट घर फर्केका छन ।
गुजरा नगरपालिकाका-९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन् ।
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उनी आफै हिंडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा सलग्न डा राजेश यादवले बताए ।
मन्सुरीलाई २५ दिन अघि गम्भीर अवस्थामा चितवनमा उपचारका लागि लगिएको थियो ।
लअस्पतालका सर्जन डा नारायण बेलबासेका अनुसार उनको स्वास्थ्यमा निकै सुधार भएपछि घर पठाइएको छ ।
उनी प्राकृतिक रूपमा अहिले नै दिसा गर्न सक्ने अवस्थामा छैनन ,मलद्वार नजिकै ठूलो आन्द्राको भाग थोरै बाहिर निकालेर दिसा बाहिर जान मिल्ने बनाइएको चिकित्सकले बताएका छन ।
एक महिना पछि उनलाई फलोअपमा बोलाइएको र पुनः शल्यक्रिया गरेर प्राकृतिक रुपमा दिसा गर्न मिल्ने अवस्थामा बिरामी लाई ल्याइने अस्पतालका एनेस्थेसियोलोजिष्ट डा राजेश यादवले बताए ।
मन्सुरीले आफ्नो ज्यान जोगाइदिने डा बेल्वासे, डा यादवसहितको टोलीप्रति आभार व्यक्त गरेका छन ।
आफू ठिक हुँदै गएको, बोल्न, हिंड्न सक्ने भएको मन्सुरीले बताएका छन ।
रौतहटको गुजरा नगरपालिका-९ का २६ वर्षीय नुसद मन्सुरी ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका थिए ।
घरमा बुवाआमा, श्रीमती र छोरा छोरीलाई त्यही मजदुरी गरेर परिवार पाल्दै आएका थिए।
घटनाको दिन ट्याक्टरमा समस्या आएपछि उनी दुई किलोमिटर टाढा चोकतिर ट्याक्टर बनाउन निस्के, त्यहीं उनका साथी नसिम भेट भए ।
उनीसँग अर्का एक जना युवक पनि थिए जो बाइरिङ्गको काम गर्थे । उनका साथीहरूले मन्सुरीलाई सँगै खाजा खान आग्रह गरे । त्यसपछि नजिकै रहेको खोला किनारको एक घरमा खाजा खान पुगे ।
त्यहाँ उनका साथीले चिसो डीउ (चिसो पेय पदार्थ) खान दिदै यो सबै नखानू आधा जति खानु बाँकी छाड्दिन् भने ।
मन्सुरीले साथीहरुले भनेको भन्दा केही बढी खाए। त्यो खाएको आधा घण्टा पछि उनको शरीर शिथिल हुँदै गयो । ‘के गरौ कसो गरौ जस्तो गर्मी हुन थाल्यो’ मन्सुरी भन्छन्, ‘साथीहरूले शीतल छहारीमा एक छिन सुत्न भने म त्यहीँ सुतेछु ।
बेहोस जस्तै भएको बेलामा कसैले आफ्नो पाइन्ट खोलेको जस्तो लागेको तर प्रतिक्रिया जनाउन सक्ने अवस्थामा आफू नरहेको ती युवक बताउछन ।
उनका दुई साथीहरूले त्यहीँ बसेर रक्सी खाएर खाएको रक्सीको बोतल भने मन्सुरीको मलद्वारबाट घुसाइदिए । केही घण्टापछि होस आउँदा पेट निकै दुखेको मन्सुरी सुनाउँछन् । तर के भएको हो उनलाई थाहा भएन । बल्लतल्ल साथीहरूको ग्यारेजसम्म आए । मोटरसाइलमा घरसम्म पुयाइदिन भने । तर मोटरसाइकल नभएको भनेर कसैले पुयाइदिन मानेनन् । जसोतसो आफै घरमा पुगे । पेट निकै दुखेको बताएपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खान दिए ।
त्यसले ठीक नभएपछि उनलाई भोलिपल्ट उपचारका लागि रौतहटकै चन्द्रपुर अस्पताल भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकले पेटको एक्सरे गर्दा रक्सीको बोतल देखे । पाइन्टको खल्तीमा रक्सीको बोतल राखेको छ कि भनेर छामछुम पनि गरे तर पाएनन् । दोहोर्याएर एक्सरे गरेर हेर्दा पेटभित्र नै रक्सीको बोतल रहेको प्रष्ट भएको परिवार जनको भनाई छ ।
डाक्टरहरुले वीरगञ्ज या चितवन लैजान सुझाव दिएपछि उनलाई भरतपुरको पुरानो मेडिकल कलेजमा पुयाइएको थियो ।
पुरानो मेडिकल कलेज ल्याउँदा पेटमा बोतल छिरेको करिब ६० घन्टा भइसकेको थियो, बिरामी अचेत जस्तै थिए ।
बोतल नफुटेको र आन्द्रामा धेरै क्षति नभएकाले उनी ठीक भएको चिकित्सकहरू बताउँछन् ।’
मन्सुरीले आफ्नो मलद्वारबाट रक्सीको बोतल राख्नुमा पुरानो केही रिसिईवी ले गरेको हुनसक्ने अनुमान गरेका छन् । मन्सुरी भन्छन्, ” यति ठूलो अपराध गर्ने गरी त मैले केही गल्ती गरेको थिइन।”
मलद्वारबाट पेटभित्र रक्सीको बोतल हालिदिएको अभियोग लागेका रौतहट गुजरा नगरपालिका ६ का २० वर्षीय नसिम खान पैठानविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डीएसपी एकनारायण कोइरालाले घटनाको अनुसन्धान सकेर मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको जानकारी दिएका छन ।