रौतहट१९ चैत । देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ मा निर्माण भईरहेको नाला निर्माण मा स्टमेट अनुसार काम नभएको गुनासो छ ।
निर्वाचन क्षेत्र रणनैतिक सडक विकास कार्यक्रम अन्तर्गत अहिले नाला निर्माणको काम भैरहेको छ ।
नाला निर्माणमा लापरबाही भएको गुनासो छ । कर्कचको ऐलानी पोखरि नजिकैको नाला निर्माणमा स्टिमेट अनुसार काम नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
नाला निर्माणको क्रममा सोलीङ्ग र ढलानमा स्टिमेट अनुसार सामाग्री नराखेको स्थानीयको आरोप छ ।
१५ से.मि.सोलीङ्ग गर्नुपर्नेमा ४ से.मि.गरेको र ढलानमा १० से.मि.सोलीङ्ग गर्नुपर्नेमा ५ से.मि.गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
यो सडक विस्तारको ठेक्का साहु कन्सट्रक्सन पतौरा ५ ले लिएको छ । सडक डिभिजन चन्द्रनिगाहपुरको बजेटमा धन्सर कटहरिया कर्कच सडकमा कालोपत्रे,नाला र कल्भर्ट निर्माण कार्य काम भइरहेको छ ।
करिब ४ करोड ९८ लाख ५५ हजार ५६८ रुपैयामा ठेक्का सम्झैता भइ काम भइरहेको छ ।
सो काम २०८० भदौ १४ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समझौता पत्रमा उल्लेख रहेको छ । सो विकास निर्माणको काममा गुणस्तरीय काम गर्न स्थानीयहरुले माग गरेका छन ।
पेटी ठेकेदार धर्मेन्द्र यादवको मिलोमतोमा गुणस्तरहिन काम भइरहेको स्थानियहरुको आरोप छ ।
यता पोखरिको छेउमा नै निर्माण भइरहेको कल्भर्ट निर्माणको काममा कमसल सामाग्री प्रयोग भइरहेको,स्टिमेट अनुसार काम नभएको स्थानिय सुरेश कुशवाहाको गुनासो छ ।
निर्माण व्यवसायीले भने स्टिमेटअनुसार नै नाला निर्माण भइरहेको दाबी गरेको छ ।