Wednesday, January 22, 2025

दुर्गाभगवतीमा घटेन बालबिवाह

पछिल्लाे समाचार


राैतहट ४ बैसाख । रौतहटमा बाल विवाहको अवस्था भयावह रहेकाे एक अध्ययनले देखाएका छन ।
वाल विवाह मुक्त दुर्गा भगवती गाउपालिका भने मुलनाराका साथ एक बर्ष आठ महिना समय लगाएर अध्ययन गरिएको हाे। मधेसमा ईज्जत जाने डरले पनि बाल विवाह हुने गरेकाे छ ।
दुर्गा भगवती गाउँ पालिकामा कार्यरत गैर सरकारी संघ संस्थाको समन्वय बैठक तथा वालविवाहको तथ्यांक प्रकाशन सार्वजनिक गर्न आयोजित वैठक गाउँपालिका अध्यक्ष शम्भु सिहकाे अध्यक्षतामा भएको थियाे ।
साे बैठकमा गाउपालिकाको तर्फबाट उर्वशी साहले तथ्यांक सार्वजनिक गर्दै उमेर नपुगि गरिने विवाहमा सामाजिक परिवर्तन मार्फत मोडेलको रुमामा व्यवहार परिवर्तन गर्ने उदेश्यका साथ काम भई रहेको बताइन ।
उमेर पुगेपछि विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने ,वालवालिका विच अन्तरक्रिया गर्ने , सेवा निवृत कर्मचारि समूह वनाउने,११ र १२ काे शिक्षा निशुल्क ,आफनो बाल विवाह आफै राेकने बालक तथा वालिकालाई सम्मान गर्ने जस्ता प्रभावकारी कार्य भई रहेको साहले बताइन ।
मुख्य कमजाेरीकाे रुपमा वालविवाहको सवालमा कार्यरत गैरसरकारी संध संस्थाको बिचमा एकजुट नरहेको , अभिभावकले छोरीको पढाइमा चासो लिदैन नलिनु रहेको पाइएको छ ।
दुर्गा भगवती गाउँ पालिकाकाे १ देखि ५ वडा सम्मका ३ हजार ९सय ५२ घरधुरीमा गरिएको अध्ययन कुल जनसंख्या
२४ हजार २ सय ५१ व्यक्तिलाई समेल गरि गरिएको थियो ।
दुर्गा भगवति गाउपालिका सो अवधि भित्र भएको कुल विवाहमा ४३ प्रतिशतमा बाल विवाह भएको थियाे ।
अभियान थालनीले क्रमश: सुधार भई रहेको वडा नम्बर ३का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले वताए ।
साे गाउँ पालिकामा वालविवाह विरुद्ध प्रभावकारी कार्यक्रम तर्जुमा,छोरीलाई शिक्षा दिएर आत्म सम्मान बढाई समुदायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने बारेमा सराेकारबालाले चुनाैतीका रुपमा लिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु