Wednesday, January 22, 2025

एसइइ परिक्षामा खेताल राख्ने मेयर अझै पक्राउ परेनन

पछिल्लाे समाचार

रौतहट, ६ वैशाख । माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा ज्वाइलाई (सट्टामा )खेताला राखेर परिक्षा दिन लगाउने मेयर विरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता  वित्न लागेपनि उनीलाइ प्रहरीले पक्राउ गरेको छैन ।
मौलापुर नगरपालिकाको श्री लक्ष्मिनियाँ माध्यमिक विद्यालय परिक्षा केन्द्रमा देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुले एसइइ मा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ बाट आफनै ज्वाई कमल साहलाई सट्टामा  राखेर परिक्षा दिलाउदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट परिक्षा अनुगमनमा खटिएका प्रशासकीय अधिकृत मणीभूषण साहले चैत १९ गते नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका नक्कलि परिक्षार्थी साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन ।
“अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएको र चैत २४ गते जिल्ला अदालत रौतहटबाट पक्राउ पुर्जी जारी भएको थियो ।
मेयर साहलाई जोगाउन केही नेताहरु नै लागिपरेको आरोप लागिरहेकाे छ ।
शिक्षा ऐन २०२८ को दफा १७ “क” अनुसार लक्ष्मीनिया माविमा मेयर साहले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ ।
सो परिक्षाकेन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहको मिलोमतोमा उक्त कार्य भएको आरोपपछि  संग सम्पर्क खोज्दा सम्पर्क उनी विहिन बिहिन  बनेका छन ।
मेयर साह सीमापारी भारतमा लुकेर बसेकाे जानकारहरुको भनाइ छ ।
जिल्ला अदालत संग कुरा मिलाउन चलखेल   भईरहेको र यदी कुरा मिल्यो भने मेयर साह अदाला उपस्थित भई सोही दिन धरौटीमा रिहा हुने प्रकृयाको चाजोपाँजो मिलाउने खेल भईरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्रहरीले आरोपित व्यक्तिको खोजी गरिरहेको जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु