रौतहट १० चैत,। गरुडा नगरपालिकामा १२ बुदे माग राखेर गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादव आमरण अनसनमा बसेको ६ दिन बितेको छ ।
यादवको स्वास्थ्य अवस्था बिग्रदै गएको उनका समर्थकहरुले बताएका छन ।
जिल्लाको सदरमुकाम गौरमा अनसनरत दिपक यादवको समर्थनमा जिल्लाका केहि युवाहरुले प्रदर्शन गरेका छन । रौतहट क्षेत्र नं. १ क का विधायक प्रत्यासी तथा युवा नेता विक्रम यादवको नेतृत्वमा सयौं युवाहरुको संख्यामा निस्केको रैली जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि पुगेर प्रदर्शन गरेका छन ।
सूचना हाम्रो अधिकार हो , दिपक यादवको माग पुरा होस , युवा मार्न पाइदैन, सिडियो साहेब आँखा खोल्नुस दिपक यादव मर्दैछन जस्ता प्लेकार्ड बोकी उनिहरुले प्रदर्शन गरेका छन ।
जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका युवाहरुको समूहले अनसनरत दिपक यादवको माग छिटो सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र लाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।।