Thursday, January 23, 2025

४५ प्रतिशत कमिसन खाने को हो : आजपा अध्यक्ष प्रभु साह

पछिल्लाे समाचार


काठमाडौँ १२ चैत। प्रतिनिधिसभा सदस्य तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै संसदमा प्रश्न उठाएका छन ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साहले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको आडमा ब्रह्मलुट भइरहेको समेत आरोप लगाए ।
भन्सार ऐन र नियमावली अनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै नेता साहले  ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै सदनमा कुरा उठाएका छन ।
जनतालाई समात्ने अधिकार नरहेको अवस्था ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ यसबारे सदनलाई जानकारी गराउनुपर्ने नेता साहको माग रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु