रौतहट २९ फागुन । गरिबी र अभावका कारण पढ्दा पढ्दै बिधालय छोडेका किशोरीहरु अहिले पुन बिधालय जान थालेका छन ।
कटहरिया नपा की मन्जु कुमारी ठाकुर १५ बर्षको भईन l उनी कक्षा ४ मा अध्यनरत छिन् l
उनले बिचमा पढाइ छाडेकी थिइन अहिले उनी कटहरिया नगरपालिकाको भसेढवामा पुनः बिधालय भर्ना भएकी छिन ।
बुवाको मृत्यू भएपछि बिधालय जान छोडेकी मन्जु अहिले बिधालय जान्छिन ।
उनको आमा संगिता कुमारीले घरमै सानो ब्यबसाय संचालन गर्न थाले पछि उनलाइ बिधालय जान सहज भएको हो ।
संगिताले इस्लामिक रिलिफ नेपाल र ग्रामिण बिकाश केन्द्रले सन्चालन गरेको बाल संरक्षण परियोजना अन्तर्गत साना ब्यबसाय संचालन गर्न सहयोग रकम पाएकी हुन । सो परियोजनाले अनाथ बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ ।
गाउमा सैलुन संचालन गरेर परिवार पाल्दै आएका श्रीमानको मृत्यूपछि ठूलो समस्या आएको मा अहिलो पसल भएपछि केही सहज भएको संगिता बताउछिन ।
बुवा बिरामी बिरामी हुनथाले पछि पढाई छुटन थाल्यो l पढ्न छोडेर घरमा बस्नु पर्ने भएको थियो अहिले फेरी बिधालय जान्छु १५ बर्षिया मन्जु खुशी हुन्छीन । पहिले पढाइ छुटेर आफू पछि परेकोमा उनी दुखी छिन ।
संगै पढेका साथीहरु ठुलो कक्षामा देख्दा आफुलाई साना बच्चाहरु संगै बसेर पढ्न लाजपनि लाग्ने उनको भनाइ छ ।
यस्तै गुजारा नगरपालिका वार्ड नम्बर ७ कि अरुणा चौधरी स्थानिय कुन्ती आधारभूत बिधालयमा कक्षा ८ मा अध्यनरत छिन l
बिपन्न परिवारमा जन्मेकी अरुणा पनि अनाथ हुन् l उनको बुवा छैनन l एक्ली आमाले ज्यालामजदुरी गरेर घर चलाउन गाह्रो भयो । उनले पढ्न छाडिन ।तर अहिले फेरि उनी पढ्न जान्छिन ।
अरुणा भन्छिन, “ आमाले संचालन गरेको सानो खाजा पसलले परिवारको धेरै जसो आवस्यकता पूरा गरेको छ l मेरो पढाइमा पनि सहयोग भएको छ l”
१५ बर्षीय अनिशा कुमारी माझि मुसहरको आमा बुवा दुवै छैन l उनि काका काकी संग बस्छिन । अनिशा अहिले गाउकै मावि कनकपुरमा कक्षा ४ मा पढ्दै छिन l
अनिशाकि काकीले गांउमा कस्मेटिकको सानो पसल संचालन गरेकी छिन । आमाबुवा को मृत्यू पछि अनिशाको पढाइ छुट्यो अहिले पुन उनले पढ्न पाएकी छिन ।
सानो कस्मेटिक पसलले गर्दा पढाईमा निरन्तरता दिनपाएको अनिशा बताउछिन l
गुजारा नगरपालिका वार्ड नम्बर २ मैढाकी भोज कुमारी भट्टराई को पनि पढाइ छुट्यो । उनकी आमा हिरा भट्टराईले ठेला मा ब्यबसाय शुरुगरेपछि आम्दानी हुन थाल्यो उनी अहिले पढ्न जान्छिन ।
हिरा भन्छिन ” ठेलामा गरेको ब्यापारको आम्दानीले ब्यबसायबाट आएको आम्दानिले छोरीको पढाई पढाई संगै जीवनयापन पनि सहज बनेको छ l
बाल संरक्षण परियोजना अन्तगत गुजारा र कटहरिया नगरपालिकाको सयजना भन्दा बढी अनाथ,बिपन्न बालबालिका अध्ययनरत रहेको ग्रामिण बिकास केन्द्रकाे बाल संरक्षण परियोजनाका मनोसमाजिक बिमर्शकर्ता सन्जु खडकाले जानकारी जानकारी दिएकी छिन ।