रौतहट, ५ चैत । वृन्दावन नगरपालिकाको नगरप्रमुख सहितका पदाधिकारीहरु माथि ढुंगामुढा गर्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।
नगरपालिकामा रहेका विभिन्न विषय मा छलफल गर्न बसेको कार्यपालिका बैठक बिना निष्कर्ष स्थगीत गरेर मेयर विनोद पटेल कुर्मी, उपमेयर, वडाध्यक्षहरु कार्यालयबाट बाहिरीने क्रममा विरोध गर्दै आएका ४ जना वडाध्यक्ष सहितका समर्थकहरुले घेरा हालेर ढुंगामुढा गर्न खोज्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु ले सम्झाउदा नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गर्दै एक राउण्ड टियर ग्यास फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामतीले जानकारी दिएका छन ।
आईतवार दिउसो ४ बजे सम्म कार्यपालिकामा सहमती नभएर अर्काे सुचना नआए सम्मको लागि बैठक स्थगीत गरेर उनीहरु बाहिर निस्कने क्रम मा घटना भएको थियो ।