Wednesday, January 22, 2025

लाखौको बजेट ब्यानर टांगेर फोटो खिचेपछि सकियो !

पछिल्लाे समाचार


रौतहट २९ फागुन । ईशनाथ नपा वडा नं ८ मन्सरी टोलमा स्वास्थ्य तथा ग्रामीण विकास केन्द्र ईशनाथले आयोजना गरेको कार्यक्रममा अनियमितता भएको गुनासो छ ।
सो  संस्थाले १६ लाख रुपैया वडा स्तरीय योजनाबाट ७ दिनको कार्यक्रम गर्न योजना बनाएको थियो ।
कार्यक्रम गर्ने भन्दै सहभागीलाई एकदिनको  सामान्य भत्ता दिएर ७ दिनको भर्पाइ गराएको पाईएको छ ।
एक दिनको ७००/- को दरले दिनुपर्ने र ७ दिनसम्म कार्यक्रम संचालन गर्नुपर्ने मा साेझासिधा  अशिक्षित महिलाहरूलाई १०० रूपैयाँ का दरले रकम दिई भर्पाइमा सहिछाप गराएको गुनासो छ । केहीले सो कार्यको असहमती जनाएपनि जबर्जस्ती सहिछाप गरेको गुनासो छ ।
मन्सरी टोलमा माघ १३ देखि १९ गते सम्म टोलमा फोहरमैला ब्यवस्थापन  कार्यक्रम गर्ने भन्दै  ब्यानर टागिएको थियो ।
नगरपालिकाले फोहर मैला व्यवस्थापन तालिम ७ दिन गर्ने  गरि १६ लाख रकम बिनियोजन गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु