Thursday, January 23, 2025

नगरपालिकाको सिमा बिवादबारे छलफल

पछिल्लाे समाचार

रौतहट २ चैत। रौतहटका तीन पालिकाको सीमा क्षेत्रको विवाद बारे छलफल सम्पन्न भएको छ ।
सर्लाही र रौतहटको बिचमा पर्ने बागमती नदीको बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गर्ने बिषयमा बिबाद हुने गरेको छ ।
सीमा मिचेर उत्खनन गरिएको भन्दै विवाद हुन थालेपछि आ-आफ्नो नगरक्षेत्रको सीमा निर्धारण गर्न बृन्दावन, गढीमाई सर्लाहीको बरहथवा नपाको संयुक्त बैठक बसेको थियो ।
तीनटै पालिकाको एउटा अनुसन्धान कर्ता टोली गठन गरि एकसाथ समस्या समाधान गर्न दुबै पक्षको सहमति भएको बताइएको छ ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्लाका सुरक्षा प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु