Thursday, January 23, 2025

देशभरका स्थानिय तहलाइ सडक बत्तिको महशुल बुझाउन बिधुत प्राधिकरणको सुचना

पछिल्लाे समाचार



रौतहट २६ फागुन । सडक बती को महसुल बक्यौता तिर्न भन्दै  फाल्गुन २३ गते मंगलवार  नेपाल विद्युत प्राधिकरणले देशभरका स्थानिय तह लाई सुचना जारी गरेको छ ।
नेपाल विद्युत प्राधिकरण  को विद्युत महसुल वक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको छ । स्थानीय निकायले बिधुत प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढ्दो रहेको र सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा प्रधिकरणले  ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाएको छ ।
देशभरका  महानगरपालिका / उप महानगरपालिका/ नगरपालिका/गाउँपालिका र वडा कार्यालयहरूमा प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले सडक बत्तीको बाँकी बक्यौता विद्युत महसुल शीघ्र भुक्तानी गर्न,   वितरण केन्द्रहरूको सहमति नलिई  विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न , जडित सडक बत्तीको विद्युत खपत मापन गर्न शीघ्र मिटर जडान गर्न ,सडक बत्ती सम्बन्धी अन्य थप जानकारीका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क सुचित गरेको छ ।
प्राधिकरणले सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरणले निःशुल्क उपलब्ध गराउने,एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १०० वाटको ५० वटाभन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीलाई छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराइने र मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केवल तानी सडक बत्तीका लागि मिटर जडान गर्नु/गराउनुहुन समेत अनुरोध छ ।
सडक बत्तीमा मिटर जडान नगरेमा वा विद्युत महसुल बाँकी बक्यौता भुक्तानी नगरेमा प्रचलित नियमानुसार कारवाही हुने समेत प्राधिकरणले सुचनामा उल्लेख गरेको छ ।

नेपाल बिधुत प्राधिकरणले निकालेको सुचना


नेपाल विद्युत प्राधिकरण अनुसार विद्युत महसु दोस्रो स्थानीय निर्वाचन २०७९ पछि देशभरीका नगरपालिका र गाउँपालिका निकायले नेपाल विद्युत प्राधिकरणको ऐन विपरीत हकिंग गरि सडक बत्ती जडान गर्ने होडबाजी  बढ्दै गएको र उक्त बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा साथै मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी बुझाउन बाकीले प्राधिकरणले अत्याधिक मात्रामा नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएकोले  महानगरपालिका, उप महानगरपालिका ,नगरपालिका गाउँपालिका र वडा कार्यालयहरूमा  अत्यन्त जरुरी सूचना जारी गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु