Thursday, January 23, 2025

दर्ता बिनाको अस्पताल र क्लिनिक संचालन , नियमनकारी निकाय मौन

पछिल्लाे समाचार



रौतहट ३० फागुन ।रौतहटमा पछिल्लो समय विभिन्न निकायमा अनुमति नै नलिई अस्पताल तथा पोलिक्लिनिकहरू धमाधम सञ्चालन हुन थालेका छन ।
नियमनकारी निकायको मौनताका कारण जिल्लाको मौलापुर, गरुडा, शिवनगर लगाएतका ठाउँमा दर्जनौको स्थानीय तहमा अनुमति नै नलिई गैरकानुनी तरिकाले अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएकाे पाइएको छ ।
  मापदण्डविपरीत अवैध रुपमा अस्पताल तथा क्लिनिकहरू सञ्चालन हुदा मानव स्वास्थ्यमा खेलवाड हुँदै आएको कतिपयको गुनासो छ ।
२५ बेड सम्मको अस्पताल तथा क्लिनिक सञ्चालन गर्न स्थानीय तहबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ तर रौतहटमा अधिकांश २५ बेड सम्मको अस्पताल तथा क्लिनिकहरु स्थानीय तहबाट अनुमति नै नलिई सञ्चालनमा रहेको पाइएको छ ।
जिल्लाको मौलापुर नगरपालिका–५ मौलापुर बजारमा स्थानीय तहसंग अनुमति नै नलिई शान्ति सेन्ट्रल हस्पिटल सञ्चालनमा रहेको पाइएको छ ।
सो अस्पतालको लापरवाहीले  उपचार गराउन आएका मौलापुर नगरपालिका–६ पथरा बुधरामका नरेश महतो र बाराको आदर्श कोत्वाल गाउँपालिका–४ का ४० वर्षिय भगल पटेलको  ज्यान गएको समेत पिडित परिवारको गुनासो छ ।
मानवको स्वास्थ्य संग खेलवाड गरेको भन्दै शान्ति सेन्ट्रल हस्पिटललाई कार्यवाही गर्न स्थानीयले माग गरेका छन् ।
जिल्लामा दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरू प्रकृया नपुर्याइ  सञ्चालन भए पनि राजनैतिक पहुजको भरमा संचालन भैरहेको धेरैको जनगुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु