Wednesday, January 22, 2025

थोरै लगानीका व्यापार गरेर  छोराछोरी पढाउदै बिपन्न महिलाहरु

पछिल्लाे समाचार



रौतहट ४ चैत । घुन्घट लगाएर, घरको कोठामा कैद र चुल्हो सम्मको पहुच । अपवाद बाहेक आम  मधेशी महिलाको अबस्था केही बर्ष अघिसम्म यस्तै भेटिन्थ्यो ।
तर पछिल्लो समयमा मधेशमा महिलाहरुको दैनिकी फेरिदै गएको   छ ।
मधेशी महिलाहरु पछिल्लो समय आय आर्जनका काममा सहभागी हुन् थाले पछी उनीहरुको परिचय  फेरिन थालेको हो ।
   स्थानिय अमिता साह  हास्दै चिया पकाउदै  छिन । खपडाको छाना भएको उनको पसलको  अगाडि एउटा ठेला छ l सोहि ठेला मा बिभिन्न परिकार केही पाकेका छन ।
एक छेउमा ग्यास चुल्हो राखिएको छ , करिब एक दर्जन सिसाको गिलास, पुराना प्लास्टिकका डिब्बाहरु र काठको पुरानो काउण्टर छ ।
पसलमा  ग्राहक बस्न केहि पुरानो प्लास्टिकको कुर्सि र एउटा काठको बेञ्च छ ।
विहान ५ बजेको मिर्मिरे उज्यालोबाट नै सुरु हुन्छ अमिताको दिन ।  घरको सबै काम सकेर पसल पुग्छिन उनि।  गुजारा नगरपालिका वार्ड नम्बर ९ सिमरा भवानीपुर  बस्ने अमिता  दिनभर चिया पकाउने चटारोमा हुन्छिन्  ।
कहिले काही भने उनकी छोरीले समेत सहयोग गर्छिन । गायत्री मुस्कुराउदै चिया पस्किन छिन l  उनको दैनिकी भने आम मधेशी महिलाको जस्तो छैन l 


आफ्नै श्रीमानसंगै पसलमा काम गर्ने अमिता गृहणी महिलाबाट ब्यापारी महिला बनिसकेकी छिन् l
  उनि पसलमा बस्न थालेको धेरै समय भएको छैन । उनकी सासुले संचालनमा ल्याएको सो पसल केहि महिना पहिले बन्द हुने अवस्थामा पुगिसकेको थियो ।
अमिता भन्छिन ” पसलमा श्रीमानलाई सहयोग गर्दा खुसि लागेको छ l मैले पसलमा समय दिन थाले पछि छोरीले पढ्ने पर्याप्त समय पाएको छ l
पसलको पुजा खाजा पसल राम्रौ चलेको छ । अमिता भन्छिन ” पसलको दर्ता समेत गराएको छु l दर्ता भए पछि बिभिन्न संघ संस्थाहरु पनि खाजा लिन थाले पछि कारोवार  बढेको छ l अहिले दैनिक २ हजार सम्मको आम्दानि हुने गरेको  उनि बताउछिन l
       यस्तै शिला चौधरी ३५ बर्षकी भईन l उनले सानो होटल ब्यबसाय संचालन गर्न थालेको करिब एक बर्ष पुग्न लागेको छ l आफ्नै घरमा सानो खाजा पसल संचालन गर्न थालेकी शिला अहिले अहिले बिभिन्न बजारहरुमा समेत जान थालेकी छिन l गुजारा नगरपालिका वार्ड नम्बर ७ पल्टुवा बस्ने शिलालाई  बाल संरक्षण परियोजनाको क्रममा सानो ब्यबसाय संचालन गर्न सहयोग उपलब्ध गराइएकाे थियो ।
  शिला अहिले दैनिक एक हजार देखि १५ सय रुपैया कमाई रहेको बताउछन l
उनले संचालन गरेको पसलमा सामान्य खाजाहरु पाइन्छ l मुर्ही, कचहरी,जेरी,सामान्य मिठाईका परिकारहरु,नमकिन लगायतका सामानहरु उनको पसलमा पाइन्छ l
उनि सो परिकारहरु आफै बनाउने गरेकी छिन l सामान्य सहयोगबाट सुरु गरिएको पसलमा उनले बिस्तारै केहि समान समेत जोड्न भ्याएकी छिन l उनले बचत गर्न सुरु गरेको बताउछन l
” अहिले दैनिक कमाएको आम्दानीबाट बचत पनि राख्न सुरु गरेको छु l प्रत्येक दिन २०० रुपैया बचत गर्ने गरेको छु l
साथै नियमित कमाइ हुन् थाले पछि छोरी अरुणाको पढाइमा पनि सहजता आएको छ l छोरीको लागि नया  लुगा किन दिएको छु l
पढाइ बाहेकको समयमा छोरीले पसलमा समेत सहयोग गरेको  ” शिला बताउछिन ।


  प्रत्येक सोमवार र बिहिवार लाग्ने साप्ताहिक हाट बजारमा शिला नियमित भन्दा फरक तरिकाले पसल संचालन गर्दै आएकी छिन ।
शिलालाई पनि बाल संरक्षण परियोजनाकै क्रममा सहयोग उपलब्ध गराइएको हो l शिलाले बित्तिय साक्षरता कक्षा पनि लिएकी छिन ।
उनि भन्छिन ”  हिसाब राख्न थाले देखि नाफा नोक्सानको इसाब किताब बुझ्न सजिलो भएको छ ” l
मकबुलन खातुनको घर राजापुर नगरपालिकाको वार्ड नम्बर २ फतुवा महेशपुरमा छ । 
उनले खुद्रा पसल सुरु गरेको करिब दुई  वर्ष     भयो । मकबुलन र उनका श्रीमान दुवै जना एचआइभी संक्रमित हुन् । पसल संचालन गर्नु पुर्व दुबैको दैनिकी निकै कष्टपूर्ण रहेको दम्पती बताउछन ।
शुरु शुरुमा बिपन्न परिवार त्यसमा पनि एचआभी संक्रमित भएपछी समाजले गरेको हेला  दम्पतिलाई सहि नसक्नु रहेको मकबुलन  बताउछिन ।
  श्रीमानलाई श्रीमतीले पसल खोलेर बस्दा गाउँको मान्छेले के खिसी गर्ने डर, एचआइभि संक्रमित व्यक्तिले पसल चलाउन सक्छ कि सक्दैन  भन्ने डर थियो । 
स्थानिय स्तरमा संचालित समान र न्यायिक समाज निर्माणको लागि लैंगिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत उनि आवस्यक्तामा आधारित सहयोग पाउन छनैटमा परिन ।
केही पछि देखि पसल चल्दै गयो ,समानहरु थपिदै गयो । श्रीमतीले पसल चलाउने तथा श्रीमानले भारतको बैरगीनिया र चैनपुरबाट सामानहरु ल्याउदै पसल संचालन गरे ।
उनले  व्यवसाय सम्बन्धी तालिम लिएकी छिन ।अहिले सो पसलबाट दैनिक २ देखि ३ हजार सम्मको कमाइ हुने गरेको उनी बताउछिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु