गरुडा ४ रौतहट । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवालले सोही नगरपालिका नगर प्रमुख प्रत्यासी दिपक यादबले आफन्तलाइ जागिर नलागाइ दिएको भन्दै घरमा आक्रमणको प्रयास गरेकाे बताएका छ ।
नगर प्रमुखका प्रत्यासी यादबको समुहले घर अगाडी राखिरहेको अबस्थामा नगर प्रमुख जयसवाल चडने ना १ झ १६७३ नम्बरको सरकारी गाडी सो समुहले तोडफोड गरेको छ ।
यादबको नेतृत्वमा आएको समुहले गाडीमा ढुगा प्रहार गरी तोडफोड गरेको नगर प्रमुख जयसवालका छोरा शैलेश जयसवालले जानकारी दिएका छन ।
गाडीको अगाडी भागको सिसा फुटेको छ । सो समुहले नगर प्रमुख जयसवालको घरमा ढुंगा प्रहारको प्रयास गर्दा प्रहरीले रोकेको थियो ।
शुक्रबार दिउसो पनि सो समुह गरुडा नगरपालिकाको कार्यालय घेराउ गर्न गएको थियो ।
यादवले गरुडा नगरपालिकामा आफ्नो मान्छेलाई जागिर दिन पटक पटक दवाव दिएको र जागिर नदिएका कारण आफ्नो घरमा तोडफोड गरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले बताए ।
गरुडा नगरपालिकाको यस अघिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादब हाकिम हुदा सम्म चुपचाप बसेका दिपक यादब अहिले सो नगरपालिकामा हाकिम परिर्वतन भएपछि आन्दोलित भएको स्थानियले बताएका छन ।
अहिले गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिब भुदेब झा रहेका छन । कार्यालय घेरा गर्न पुगेका यादबले पत्रकारलाइ गाली ब्यइजती समेत गरेका थिए ।
निज दिपक यादबलाइ कार्वाहीको दायरामा ल्याउनुपर्ने रौतहटका पुराना पत्रकार प्रभात झाको धारणा छ ।
स्वतन्त्र प्रेस माथी निजी स्वार्थ बोकेका यादवले गालि गर्नु आपत्ती जनक रहेको रौतहटका पत्रकारहरुले बताएका छन ।
सवै क्षेत्रबाट बिरोध हुन थालेपछि दिपक यादवले आफुले सवै संचारकर्मी लाई गालि नगरेको प्रतिकृया फेसबुक मार्फत दिएका छन ।