Wednesday, January 22, 2025

जनज्योती क्यामपसका बिधार्थी नेता भोट माग्न व्यस्त

पछिल्लाे समाचार


चन्द्रपुर १ चैत । रौतहटको स्ववियु निर्वाचन हुने एकमात्र क्याम्पस जनज्योती बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरका बिधार्थी लाई यतिबेला चुनाव लागेको छ ।
जनज्याती बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरमा यतीबेला तीन वटा प्यानल चुनावी मैदानमा रहेकाछन् ।
नेकपा एमाले , एकीकृत समाजवादी ,माओवादी केन्द्र र जनतमत पार्टी निकटका विद्यार्थीहरु एक प्यानल भएर चुनावी मैदानमा रहेका छन् । यता नेपाल विद्यार्थी संघ र जनता समाजवादी निकटको विद्यार्थी संगठन छुट्टा छुट्टै उम्मेद्वार लिएर मैदानमा रहेकाछन् ।

भोट माग्दै बिधार्थी नेताहरु


बिधार्थी संगठनहरुले  चुनावी प्रचार प्रसारलाई तिब्र पारेकाछन् । उनीहरु  स्ववियु निर्वाचनमा   घर घरमा गएर भोट माग्न थालेको छ ।
नेपाल विद्यार्थी संघको रौतहट जिल्लाको टोलीटोलमा पुगेर  आफ्ना उम्मेदवारहरूको लागि भोट मागेका छन ।
नेविसंघको टोलीले चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाभित्र रहेका जन ज्योति बहुमुखी क्याम्पसका विद्यार्थीको घरमा भोट माग्न थालेका छन ।
विद्यार्थी संगठनहरूले  आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिएका हुन ।
प्रगतीशिल संयुक्त विद्यार्थी संगठनले पनि आफ्नो प्रचार प्रसारलाई तिब्र पारेको सो संगठनका सचिवका उम्मेदवार दामोदर उप्रेतीले जानकारी दिएकाछन् ।
चैत ५ गते हुने निर्वाचनका लागि आफुहरु विद्यार्थीको घर घरमा पुगेर मत माग्न व्यस्त रहेको नेविसंघका सभापतिका उम्मेदवार संगम श्रेष्ठले जानकारी दिएकाछन् ।
नेपाल विद्यार्थी संघबाट सभापतिमा संगम श्रेष्ठ ,प्रगतीशिल संयुक्त विद्यार्थी संगठनबाट राधेश्याम बैठा ,जनता समाजवादी विद्यार्थी युनियनबाट आशिष लामा जनज्योती बहुमुखी क्याम्पसमा सभापतिका उम्मेदवार रहेकाछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु