Wednesday, January 22, 2025

जन ज्योतीमा गठबन्धनले संयुक्त प्यानल बनाएर चुनाब लडने

पछिल्लाे समाचार


चन्द्रपुर २७ फागुन ।  रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्यामपसमा बाम गठबन्धनको संयुक्त प्यानल बनाएर चुनाब लडने भएका छन ।
शनिबार नेकपा एमालेको भातृ संगठन अनेरास्वबियु,नेकपा एसको भातृ संगठन अनेरास्वबियु,नेकपा माओबादीको भातृ संगठन अनेरास्वबियु क्रान्तिकारी र नेपाल जनमत पार्टीको भातृ संगठन बिद्यार्थी जनमत बिच संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका हुन ।
नेकपा एसको भातृ संगठन अनेरास्वबियुका नेता राधेश्याम बैठा अदित्यको नेतृत्वमा बाम गठबन्धनका बिद्यार्थी नेताहरुले संयुक्त प्यानलको उमेदवारी दिएको अनेरास्वबियुका पुर्व केन्द्रिय सदस्य देबराज न्यौपानेले जानकारी दिए ।
यसैगरी सचिब पदमा एमाले सर्मथित अनेरास्वबियुका दामोदर उप्रेती सफल,कोषाध्यक्षमा अनेरास्वबियु क्रान्तिकारी अन्जना केसीले उमेदवारी दिएका छन ।
सदस्यहरुमा विश्वास गौतम,अभिषेक कुमार चौधरी, अनिल कुमार पटेल,गौरब सापकोटा,दिक्षा चौधरी,आषिश ठाडा र नबिन कुमार साह कानु रहेको बिद्यार्थी नेता तथा सभापतिका उमेदवार बैठाले जानकारी दिए ।
अब क्यामपसमा बाम बिद्यार्थीहरुको बिजयलाइ कसैले पनि रोक्न नसक्ने सभापतिका उम्मेदवार बैठाले बताए ।
पहिलो स्वबियु निर्वाचनमा पनि बाम बिद्यार्थीहरुले जितेको स्मरण गदै यो निर्वाचनमा पनि बाम गठबनधनका बिद्यार्थीहरु कै बिजयी हुनेमा आफु ढुक्क रहेको उनले बताए ।
हामीले तल्लो तहबाट पनि बाम एकता अपरिहार्य भएको प्रमाणित गरेर देखाउने सचिबका उमेदवार दामोदर उप्रेती सफलले बताएका छन ।
उम्मेदवारी दर्तामा नेकपा एमाले मधेश प्रदेशकी उपसचिब आरती भण्डारी,नेकपा एसका यवा नेता तथा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य प्रत्यासी उमेदवार बालकृष्ण श्रेष्ठ, नेकपा एमाले चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारी,अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थी नेता राजन पटेल जनमत पार्टीका नेताहरु तथा बिभिन्न बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
यही चैत्र ५ गते देशभरका क्याम्पसहरुमा स्वबियुको निर्वाचन हुने तालिका अनुसार शनिवार उमेदवारी दर्ता भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु