Wednesday, January 22, 2025

चन्द्रपुरमा सम्पन्न मेयर गोल्डकपको उपाधी बिरगज युनाइटेड क्लवको हातमा

पछिल्लाे समाचार


रौतहट ४ चैत । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि बिरगंज युनाइटेड क्लबले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा बेङ्खडी युवा क्लब महोत्तरीलाइ ० को बिरुद्ध ३ गोल गरेर बिरगंज युनाइटेडले उपाधि जितेको हो ।
बिरगंज युनाइटेटका टिम क्याप्टेल जर्सी नं. ११ का कृपा चौधरीले २ गोल गरेर आफनो टिमलाइ जीतको सुरक्षित बनाएका थिए ।
खेलको ३० औ मिनेटमा टिम क्याप्टेन जर्सी नं. ११ का कृपा चौधरीले पहिलो गोल गरेका थिए भने दोश्रो गोल खेलको दोश्रो हाफमा टिमका जर्सी नं. १० का बिबेक चौधरीले ६० औ मिनेटमा गोल गरेका थिए । त्यस्तै तेश्रो गोल पनि टिम क्याप्टेन कृपा चौधरीले नै गरेका थिए ।
बिजेता बिरगंज युनाइटेडटिमलाइ चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले नगद २ लाख सहित ट्रफि र उपबिजेता बेङ्खडी युवा क्लबलाइ नगद १ लाख सहित ट्रफि प्रदान गरेका थिए ।
चन्द्रनिगाहपुरस्थित तुलसीलाल अमात्य स्मृति खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा विरगञ्जले वाग्मती युवा क्लबलाई १–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो । यस्तै बेङ्खडी युवा क्लबले नव जन जागृति युवा क्लब सिमारालाइ पराजित गरी फाइलनमा गएको थियो ।
रौतहट जिल्ला फुटबल संघको आयोजनामा भएको चन्द्रपुर मेयर कप प्रतियोगितामा मधेश प्रदेशका आठ टिमको सहभागिता रहेको रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिएका छन । खेल फागुण २७ गते देखी संचालनमा भएको थियो ।
पुरस्कार बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख संजय काफलेले खेल जगतको बिकाशको लागी चन्द्रपुर नगरपालिकाले सक्रिय भएर काम गर्ने बताएका छन ।
कार्यक्रममा उप प्रमुख जयमाला चौधरी,प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइराला, चन्द्रपुर नपाको शिक्षा तथा खेलकुद शाखाका उप सचिब कृष्ण प्रसाद सिग्देल,वाड नं. ४ का वाड अध्यक्ष रबि राना,वाड नं. ५ का अध्यक्ष निलहरी कोइराला,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी, अखिल नेपाल फुटबल संघ मधेश प्रदेशका अध्यक्ष नेपाल कार्की लगायतको उपस्थीती रहेको थियो ।
रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीको सभापतित्वमा भएको उक्त समापन कार्यक्रमको संचालन संघका महासचिब मधुसुदन धितालले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु