रौतहट ७ चैत ।आमरण अनसनमा बसेका गरुडाका युवा मेयरका उम्मेदवार दीपक यादव ले नगरको बिकास र शुसासनको लागि आफू दृढ रहेको बताएका छन ।
गरुडा नगरपालिकको प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले स्वास्थ्य अवस्था बारे जानकारी लिन अनसन स्थलमा पुगेका थिए ।
पानी समेत त्याग गरेकोले स्वास्थ मा प्रतिकूल असर पर्न थालेपछि उनलाइ गरुडा अस्पताल बाट डॉक्टरको टोलिले उपचार तथा निगरानी मा राखेका छन ।
अनसनरत यादवले .शिक्षा क्षेत्रमा खर्च गरिएका बिबरण सार्वजनिक हुनुपर्ने, .बिजुलिवती र इंटरनेट जडान भएको ख़र्चको बिबरण सार्वजनिक हुनुपर्ने ,स्वास्थ्य क्षेत्रमा खर्च गरिएका बिवरण ,करारका कर्मचारिहरु नियुक्तिपत्र र हाजरी रजिस्टरको प्रतिलिपि साथै तलव,पेशकीको विवरण,पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रियाको प्रतिलिपि,.विकासकार्यका सम्पूर्ण योजनको विवरणहरू र भुक्तानि गरेका सम्पूर्ण कागजातहरुका प्रतिलिपि,दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि,.हाल सम्म्म भएको खर्च रकमको शीर्षक सहितको मासिक विवरणहरुको प्रतिलिपि,नगर सभाहरुको निर्णय प्रतिलिपि।,कोरोना पीड़ितहरु लाई दिएको रकमको विवरण प्रतिलिपि,नगरपालिकको सम्पूर्ण बैंक खाताहरुको विवरण,.नगरवासिको उपस्थितमा गरुडा चिनिमिलको मैदानमा। सार्वजनिक सुनवाई अविलंम्ब हुनुपर्ने माग राखेर यादव तीन दिन अघिदेखी अनसनरत छन ।